१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा अनुसार दुर्घटनामा वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको हो ।

राना आफैँले चलाएको म२प ८४०२ नम्बरको मोटरसाइकल भारत विहार निवासी अवधेशकुमार महतोले चलाएको मसला बनाउने आर्गो मिक्सचर मेसिनसँग ठोक्किँदा राना गम्भीर घाइते भएका थिए ।

उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकामा उपचारकै क्रममा दिउँसो रानाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उहाँको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेकोे छ । रासस