२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ :मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले एमालेमाथि चौतर्फी रूपमा घेराबन्दी गरिएको बताउनुभएको छ ।

उहाँका अनुसार एमालेको जनसमर्थन र सङ्गठनात्मक शक्ति देखेर विभिन्न पक्षले राजनीतिक रूपमा घेराबन्दी गर्ने प्रयास गरिरहेको बताउनुभयो । नेकपा (एमाले) महानगर कमिटी विराटनगरले आयोजना गरेको बैठकलाई आज यहाँ सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो घेराबन्दीबाटमाथि उठेर पार्टीलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का नेता रामलाल शाह, ऋषिकेश पोखरेल, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत, महानगर अध्यक्ष बलराम गिरीलगायतले आफ्ना धारणा राखेका थिए । रासस