२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ :मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले एमालेमाथि चौतर्फी रूपमा घेराबन्दी गरिएको बताउनुभएको छ ।

उहाँका अनुसार एमालेको जनसमर्थन र सङ्गठनात्मक शक्ति देखेर विभिन्न पक्षले राजनीतिक रूपमा घेराबन्दी गर्ने प्रयास गरिरहेको बताउनुभयो । नेकपा (एमाले) महानगर कमिटी विराटनगरले आयोजना गरेको बैठकलाई आज यहाँ सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो घेराबन्दीबाटमाथि उठेर पार्टीलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का नेता रामलाल शाह, ऋषिकेश पोखरेल, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत, महानगर अध्यक्ष बलराम गिरीलगायतले आफ्ना धारणा राखेका थिए । रासस