८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ ।

समितिको बैठक बुधवार बोलाइएको थियो । तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगेपनि विषवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । गणपूरक संख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरुको सहभागीतामा बैठक बस्नेगरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले जानकारी दिनुभयो । जेन–जी आन्दोलनपछिको हालको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थिति कात्तिकको २३ गते बस्नेगरी बैठकलाई स्थगित गरिएको उहाँको भनाई छ ।

उहाँकाअनुसार बुधवारको वैठकमा विधेयकलाई कसरी अगाडी बढाउने, आर्थिक २०८१/०८२ को समितिको वार्षिक प्रतिवेदनलाई पारित गर्ने, समसामयिक विषयमा छलफल गर्ने विषयवस्तु रहेको थियो । संघीय एकाईबीचको अन्तरसम्बन्धअनुसार सुदूपश्चिम प्रदेशमा छलफल गर्ने विषयमा सदस्यहरुको सुझाव दिने विषयवस्तु पनि कार्यसूचीमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार समितिले सुदूरपश्चिमको प्रदेशसभासँग र त्यहाँको स्थानिय तहसँग विधि निर्माणको प्रक्रिया र कानूनको कार्यान्वयन तथा निर्माणको सन्दर्भमा समितिले छलफल गर्नेछ । यी सबै विषयवस्तुहरुमा अब कात्तिक २३ गते बस्ने बैठकमा छलफल गर्ने उहाँको भनाई ।

उहाँले भन्नुभयो, ‘बैठकमा हाम्रा विषयवस्तु चाहीँ ३÷४ वटा थिए । एउटा चाहीँ हामी विधेयकमाथी नै छलफल र विषयवस्तुलाई कसरी अगाडी बढाउने भन्ने विषयवस्तु एउटा थियो । अर्को, हाम्रो यो संघिय एकाई बीचको अन्तरसम्बन्धको विषयवस्तु, हाम्रो यो कार्यक्षेत्रमा नै रहेको विषयमा अब हामीले सुदूरपश्चिमको प्रदेशसभासंग र त्यहाँको स्थानिय तहसंग एउटा, दुई वटा कति वटा तहसंग सम्भव हुन्छ । त्यो ठाउँमा चाँही उहाँहरुले विधि निर्माणको प्रकृया, उहाँहरुले कानुन कसरी छलफल गर्नुभएको छ, विधेयकहरुमाथी छलफल गर्ने समितिसंग छलफल गर्ने प्रदेशमा र स्थानिय तहरुमा पनि गर्ने हाम्रो उद्देश्य छ । त्यो चाँही हामी सुदूरपश्चिम जाने योजना हो । त्यो योजनाको बारेमा माननीयज्युहरुको राय सल्लाह लिनलाई हामीले विषयवस्तू राखेका थियौँ ।’

‘अर्को चाहीँ हाम्रो वार्षिक प्रतिवेदन, यो २०८१/०८२ को जुन वार्षिक प्रतिवेदन छ । यो वार्षिक प्रतिवेदन पारित गर्ने विषयवस्तु रहेको छ । अहिले समसामयिक अवस्था, अहिलेको परिवर्तित जुन भदौ २३ र २४ पछाडीको अवस्थामा प्रतिनिधिसभा नरहेको र राष्ट्रियसभा रहेको अवस्थामा संविधानले दिएको अधिकार र संविधानमा भएको व्यवस्था अनुरुप र हाम्रो नियमावलीले गरेको व्यवस्था अनुरुप हाम्रो जुन कार्यदेश छ, त्यो अन्र्तगत समितिले गर्नुपर्ने आफ्ना गतिविधिहरुलाई अगाडी बढाउने विषयवस्तुहरुमा छलफल गर्न आज हामीले खोजेका थियौँ । आज हाम्रो कोरम पनि पुगेको थियो । तर पहिलो बैठक चाँही अहिले परिवर्तित अवस्थामा सबै माननीय सदस्यको उपस्थिति भएर नै गरौँ भन्ने हिसावले हामीले अर्को बैठक चाँही यही कात्तिको २३ गते बस्नेगरी आजको बैठकलाई स्थगित गरेका छौँ ।’ 

उहाँले २३ गते राष्ट्रिय सभा अध्यक्षसंग नारायण प्रसाद दाहालसंग पनि छलफल गर्ने योजना रहेको बताउनु भयो । सम्बन्धित सरोकारवाला र मन्त्रालयलाई बोलाएर विधेयकका बारेमा पनि छलफल गर्ने उहाँको भनाई छ । बैठकमा चलचित्र सम्बन्धि विधेयक छलफल गर्नेगरी तयारी रहेको उहाँले जानकारी दिनुभयो ।