• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

मछिन्द्र फुटबल क्लब एएफसी कपमा छनोट



काठमाडौं । मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने भएको छ ।

सहिद स्मारक ुएु डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो ।

मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहँदै एएफसी कपमा स्थान बनाउन सफल भएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ (एएफसी) लाई प्रस्ताव गरेअनुसार मछिन्द्र छनोट भएको हो ।

सातौं चरणको खेल सकिदा मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा १ अंकले अघि रहेको छ ।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।  अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्न पाएको थिएन ।