४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

महामन्त्री र सहमहामन्त्रीको प्रस्तावमाथि छलफल जारी छ : डा महत

महामन्त्री र सहमहामन्त्रीको प्रस्तावमाथि छलफल जारी छ : डा महत
फाइल फोटो
अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै प्रस्तुत गर्नुभएको केन्द्रीय महाधिवेशन कार्यतालिकाबारे छलफल जारी रहेको जानकारी दिनुभएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई बैठकको बारेमा जानकारी दिँदै डा.महतले दुवै प्रस्तावमाथि धारणा राख्नेक्रम जारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन अगाडि महाधिवेशन गर्न सक्ने तर्कसहित महामन्त्रीले एउटा प्रस्ताव पेस गर्नुभएको छ, सहमहामन्त्रीले निर्वाचनपछि महाधिवेशन गर्नेगरी अर्को प्रस्ताव राख्नुभएको छ, महामन्त्री र सहमहामन्त्रीले व्यक्तिगत रुपमा पेस गरेर छलफलमा आएको प्रस्ताव बाहेक अरुले पनि फरक मिति प्रस्ताव गर्न सक्छन्, छलफल जारी छ ।”

प्रवक्ता महले सङ्कटको समयमा मतभेद गरेर तिक्तता बढाउन नहुने बताउँदै संसद् पुनःस्थापना हुन्छ भनेर बस्नेभन्दा पनि निर्वाचन हुन्छ भनेर तयारी जारी राख्नुपर्नेमा जोड दिनुभयोे ।

पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, सदस्यहरू कृष्णप्रसाद सिटौला, डा चन्द्रकान्त भण्डारी, डा रणबहादुर रावल, कर्णबहादुर बुढा, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले धारणा राख्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीको जारी केन्द्रीय समिति बैठक बुधबार बिहान ११ः३० बजे बस्नेगरी आजको बैठक स्थगित भएको मुख्यसचिव पौडेलले जानकारी गराउनुभयो । रासस