२९ कार्तिक २०८२, शनिबार
,
Latest
सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन सक्दै सक्दैन: मन्त्री महावीर पुन



अ+ अ-

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पहिलो चोटी मतदाता नामावली मा नाम दर्ता गराउनु भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मिनभवनमा पुगेर नाम दर्ता गराउनु भएको उहाँले जानकारी गराउनु भएको छ ।

मन्त्री पुनले सामाजिक संञ्जालमा लेख्नु भएको छ आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो।

उहाँले लेख्नुभएको छ

आहा ! आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो। १८ बर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु। अब आउने सरकार जेन- जी पुस्ताको बन्नु पर्छ। भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुइ सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य सबित भैसक्यो। लौ त भाई बहिनीहरु भोटर लिस्टमा नाम लेखाउन गैहाल त ।