२९ कार्तिक २०८२, शनिबार
,
Latest
विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगरखेतीले उकास्यो जीवनस्तर (फोटो फिचर)



अ+ अ-

बर्दिया: बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन् । त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन् ।

नदीको  बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर फेरिएको छ । यहाँको २५ बिगाह क्षेत्रफल बगरमा २७ परिवारले खेती गर्दै आएका छन् । बालापुरस्थित बबई नदीको किनारमा गुलरिया वडा नम्बर ५ का २७ घर परिवारले हाल तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाको खेती गर्दै आएका छन् ।

हिउँदमा भने यहाँ किसानले खरबुजा, लौका र करेला खेती गर्ने गरेका छन् । स्थानीय गोपीलाल चौधरीको परिवारले ५ वर्षदेखि बगरमा खेती गर्दै आएको छ । बगरखेतीबाट आफूहरुले वार्षिक १२ लाख रुपैैयाँ आम्दानी गर्ने गरेको चौधरीले बताउनु भयो । मनसुनको समयमा बबई नदीमा आएको बाढीले नजिकको जमिनलाई बगर बनाइदिएपछि त्यही बगरमा स्थानीय किसानले मौसमी तथा बेमौसमी खेती गर्दै आएका छन् । स्थानीय चौधरीले २ बिगाहा क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । विगतमा मजदुरी गर्ने आफ्नो परिवारको जीवन बगरखेतीले बदलेको उनको भनाइ छ ।

जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्शनले बगरखेतीको लागि बीउबिजन र कृषि विज्ञको साथै सिंचाईका लागि प्राविधिक सहयोग गर्दै आएको छ । समय समयमा हुने तालिम र बीउबिजनको सहयोगले खेती गर्नमा उत्साहित बनाएको चौधरीको भनाइ छ ।

त्यसैगरी, कैलालीको धनगढी नगरपालिका र टीकापुर नगरपालिकाका किसानले पनि बगर खेती गरेका छन् ।  धनगढी वडा नम्बर १९ पूर्वी ललितपुरका २१ जनाले बगरखेतीबारे तालिम लिएका छन् । उनीहरुले मोहना नदीको किनारमा खेती गर्दै आएका छन् । यस्तै टीकापुर वडा नम्बर ८ वनगाउँका ८ जना किसानले पनि बगरखेती गरिरहेका छन् । कर्णालीको बगरमा खेती गर्दै आउनुभएका रमेश चौधरी संस्थाले तालिम दिएपछि खेती सहज हुनुको साथै आम्दानी पनि बढेको बताउँछन् । छोराछोरीको पढाई र दैनीक खर्च धानेर केही रकम भविष्यलाई वचत पनि गरेको उनले बताए ।

बर्दिया, शम्भु थारु/ न्युज एजेन्सी नेपाल