१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपी राजमार्ग अवरुद्ध



अ+ अ-

धुलिखेल । वर्षाका कारण बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ ।

रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताउनुभयो ।

जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेकका सवारीसाधन आवागमनमा निषेध गरेको थियो ।