१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा आवद्ध जेन–जीको मागः सुशासनको शुरुवात गर्न पार्टीले आन्तरिक सुशासन आयोग गठन गरोस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा आवद्ध जेन–जी उमेर समूहका प्रतिनिधिमुलक युवाहरूले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्रैबाट शुरु गर्नुपर्ने भन्दै आन्तरिक सुशासन आयोग गठन गर्न माग गरेका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गरी भविष्यमा मापदण्डमा आधारित अनुगमन र कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने पनि उनीहरुको माग छ । पत्रकार सम्मेलनमा बोल्दै जेन–जी प्रतिनिधि विकल राईले पार्टीको विधान संशोधन गरी युवा सहभागिता सुनिश्चित गर्न माग राख्नुभयो ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्ति गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा समेत पार्टी दृढ रुपमा उभिनुपर्ने बताउनु भयो । उहाँले नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलको रूपमा नयाँ ऊर्जासँग अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको सुशासन कायम गर्नु जेन–जी प्रदर्शनको मुख्य माग थियो । नेपाली काँग्रेसले पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गरोस् । जसले तीनै तहमा गएका जनप्रतिनिधिहरुको विगतका प्रवृत्तिको समिक्षासँगै भविष्यमा जाने जनप्रतिनिधिको भुमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर चेतावनी, प्रोत्साहन र कारबाही सिफारिस गरोस् । नेपाली काँग्रेसले गत २३ नयाँ बानेश्वरमा भएको घटनाको अनुसन्धान गरी दोषिलाई कारबाही गर्ने निर्णयमा दृढ ढंगले उभियोस् । भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । भ्रष्टाचारको गहिराई गएर निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्ने कुरामा नेपाली काँग्रेसको सहयोग रहनुपर्दछ । नियमित वा विषेश महाधिवेशन अविलम्ब  आयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलका रुपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोडम्याप नेपाली काँग्रेसले सार्वजनिक गर्नुपर्दछ । पार्टीको जारी केन्द्रीय समिति बैठकबाट विधानमा परिवर्तन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागित सुनिश्तिता गरियोस् ।’ 

उहाँले नेपाली काँग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताउनु भयो । उहाँले जेन–जी आन्दोलनको औचित्य पुष्टि गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्यमा युवाहरूको ऐक्यवद्धता आवश्यक रहेको पनि बताउनु भयो ।