१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्णबहादुरलाई धोविघाटमा प्रश्न- हाम्रा एजेण्डा जेनजीले लगे के लिएर जनताकोमा जाने?



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफू निकटका नेताहरुसँग छुट्टै छलफल गर्नुभयो तर छलफल उहाँले सोचे जस्तो भएन ।

छलफलमा सहभागी एक सदस्यले न्यूजपोलारसंग भन्नुभयो -जे सोचेर छलफल आयोजना गरिएको थियो तर परिणाम भने सकारात्मक आएन ।

उहाँका अनुसार सो समुहका सात नेता अर्थात सात भाई भनेर चिनिएका नेताहरुले निर्वाचन पछि मात्र महाधिबेशन गर्नु पर्ने र अहिलेकै कार्यसमितिले टिकट बाढ्नु पर्ने पक्षमा आफनो दृष्टिकोण राखेका थिए । तर अधिकासं युवा नेताहरुले नयाँ नेतृत्व , नयाँ बिचार सहित निर्बाचनमा जानु पर्ने दृष्टिकोण राखेका थिए ।

उनिहरुले एमाले र माओबादी महाधिबेशन तयारीमा लाग्दा काँग्रेसले किन सक्दैन भन्ने प्रश्न गरेका थिए । उनिहरुले बिगतमा काग्रेसले निर्वाचन बेला घोषणापत्रमा उल्लेख गर्ने कुरा भ्रष्टाचार नियन्त्रण ,शुसासन , शिक्षा , स्वास्थ्य लगायतका एजेण्डा जेन्जीले हाईज्याक गरेको भन्दै पार्टी एजेण्डा बिहिन हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

केन्द्रीय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति खड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गर्नुभएको हो ।बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिव ७५ जना सहभागी हुुनुहुन्थ्यो । सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि निरन्तर गुट भेला राख्दै आउनुभएको छ ।

उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा अगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आउनुभएको छ । केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्ने सम्मको तयारी इतरपक्षको छ ।