१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक



अ+ अ-

म्याग्दी। वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् ।

सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन् ।

अन्नपूर्ण आधार शिविर घुम्न जानुभएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ परेपछि मङ्गलबार दिनभर भुसकेतको आश्रयस्थलमा बसेको र आज पञ्चकुण्ड तालसम्म पुगेर फर्किएको बताउनुभयो ।

“पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा हिउँ जमेकाले जान सकेनौँ”, उहाँले भन्नुभयो, “मौसममा सुधार भएपछि पैदलयात्रा गरेर हुमखोला आएका छौँ ।” आधार शिविरबाट हिँडेर आएकाहरूलाई हुमखोलाबाट नारच्याङ झर्ने सवारीसाधनको अभाव भएको छ ।

उक्त पदमार्गमा करिब १५० जना पर्यटक हिमपात र वर्षात्का कारण मङ्गलबार रोकिएका थिए । यही कात्तिक १४ गतेसम्मका लागि अन्नपूर्ण आधार शिविर पदयात्रामा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो । आधार शिविर गएका पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र

बल र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोली अन्नपूूर्ण गाउँपालिकासँग समन्वय गरेर आधार शिविरतर्फ लागेको छ ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जिल्लाका पर्यटकीय स्थलहरुमा गएका पर्यटकहरू हालसम्म सुरक्षित रहेका जानकारी दिनुभयो । यसैगरी म्याग्दीको मुदी हुँदै धौलागिरि चक्रीय पदमार्ग भएर मुस्ताङको मार्फा जाने क्रममा रोकिएका तीन जना बेलायती र १२ नेपाली शेर्पा तथा पथप्रदर्शकको उद्धारका लागि जोमसोमबाट सुरक्षाकर्मी टोली गएको जनाइएको छ ।