२३ मंसिर २०८२, मंगलवार
,
Latest
भौतिक सचिव शर्मा भन्छन्– खरिदसम्बन्धि कानून बनाएर गल्ती भयो की जस्तो लाग्छ वीरगञ्ज भन्सार कार्यालयको राजश्व सङ्कलन ठप्प अष्टलक्ष्मी शाक्यको आरोपः केपी ओलीले महिलाको अपमान गर्छन् राजेन्द्र लिङदेनको प्रश्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं एनपीएलः सुदूरपश्चिमविरुद्ध टस जितेर विराटनगरले फिल्डिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै



अ+ अ-

काठमाडौँ। होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्राण्ड ओपन टेनिस प्रतियोगिता हुने भएको छ।

यही कात्तिक १८ गतेदेखि हुने उत्त प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा करिब २०० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले  जानकारी दिनुभयो ।

उहाका अनुसार यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिङ्गल्स तथा यु–१६ ब्वाइज÷गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष÷महिला सिङ्गल्समा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो संस्करणमा उमेरसमूहको स्पर्धालाई निरन्तरता दिँदै खुला स्पर्धा थप गरिएको हो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । नेपाल टेनिस सङ्घको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआइ) को संयोजनमा हुन लागेको प्रतियोगिताको कूल पुरस्कार राशि रु दुई लाख ७८ हजार रहेको आयोजकको भनाइ छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने उक्त प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।