१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै



अ+ अ-

काठमाडौँ। होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्राण्ड ओपन टेनिस प्रतियोगिता हुने भएको छ।

यही कात्तिक १८ गतेदेखि हुने उत्त प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा करिब २०० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले  जानकारी दिनुभयो ।

उहाका अनुसार यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिङ्गल्स तथा यु–१६ ब्वाइज÷गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष÷महिला सिङ्गल्समा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो संस्करणमा उमेरसमूहको स्पर्धालाई निरन्तरता दिँदै खुला स्पर्धा थप गरिएको हो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । नेपाल टेनिस सङ्घको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआइ) को संयोजनमा हुन लागेको प्रतियोगिताको कूल पुरस्कार राशि रु दुई लाख ७८ हजार रहेको आयोजकको भनाइ छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने उक्त प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।