२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनको उभारमा उभिएको तर कुहिरोको काग बन्दै सरकार



अ+ अ-

काठमाडौं । जेन–जी विद्रोहपछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको चुनाव आउन अब साढे चार महिना मात्र बाँकी छ । यो सरकारको मुख्य कार्यभार नै फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनु र ट्रयाकबाहिर पुगेको संविधानलाई लयमा फर्काउने हो । आन्दोलनको जगमा उभिएको सरकार अहिले कुहिरोको काग जस्तै बनेको छ ।

सरकार अहिले नियमित काममै अलमलिएको छ । त्यो पनि चित्तबुझ्दो तरिकाले गर्न सकेको छैन । जेन–जी आन्दोलनकारीको माग बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको जिम्मेवारीसहित सरकार गठन गरेको भए पनि प्रधानमन्त्री कार्कीले चित्त बुझ्दो काम गर्न सक्नुभएको छैन । उहाँले चुनावी वातावरण तयार गर्नै सक्नुभएको छ ।

लोकतान्त्रिक शासन पद्धति भएका मुलुकमा चुनावमा गएर जनादेश लिएर आउने भनेको राजनीतिक दलहरुले नै हो । तर कार्की नेतृत्वको सरकारले चुनावमा जाने वातावरण बनाउन दलहरुसँग गहन छलफलसम्म गर्न सकेको छैन । न त जेन–जीको विद्रोहपछि उनीहरुलाई एकठाउँमा ल्याउन सकेको छैन । अहिले जेन–जीहरु कित्ताकित्तामा विभाजित छन् । राजनीतिक दल सरकारप्रति विश्वस्त छैनन् । जेन–जीहरु पनि यो सरकारको कामको आलोचना गरिरहेका छन् ।

आन्दोलनपछिको परिस्थिति सङ्क्रमणकालीन हुन्छ । जबसम्म जननिर्वाचित निकायले शासन सत्ता हातमा लिँदैन, तबसम्म सङ्क्रमणकाल रहिरहन्छ । सङ्क्रमणकालमा विभिन्न स्वार्थ समूह सक्रिय हुनु स्वाभाविक हो । यस्तोवेला सुरक्षा निकायको मनोबल खस्किएको हुन्छ भने कानुन कार्यान्वयनको अवस्था पनि कमजोर हुन्छ । त्यसैले विभिन्न स्वार्थ समूह सङ्क्रमणकाल लम्ब्याएर आफ्नो भूमिका बढाउन खोज्छन् । यी सबै अवस्थाप्रति मुख्य रूपमा सरकार नै जिम्मेवार हुनुपर्छ । सरकारले संक्रमणकाल अन्त्य गर्न चुनाव गराउनका लागि वातावरण नै बनाउन सकेको छैन ।

सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । तीन पटक गरेर प्रधानमन्त्री कार्कीले १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको छ । त्यो पनि विवादै विवादमा घेरिएर । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीले पटकपटक मिडिया ट्रायल गराउनुभएको छ । कार्कीले मिडिया ट्रायल गरेपछि भनेका व्यक्ति बन्न पाएका छैनन् । प्रस्तावित व्यक्तिहरु असन्तुष्ट देखिएका छन् ।

अहिलेको सरकार जेन–जी आन्दोलनको सफलताबाट निर्माण भएको जगमा टेकेर गठन भएको हो । जेनजी समूहकै सिफारिसमा प्रधानमन्त्रीको जिम्मेवारी सुशीला कार्कीलाई दिइएको हो । सरकार गठनको पृष्ठभूमि जेसूकै भए पनि गठनकै समयमा यसको कार्यादेश र जिम्मेवारी प्रस्ट किटान भइसकेको छ । त्यसैले उक्त जिम्मेवारी पूरा हुने र नहुने विषयले नै यो सरकारको सफलता र असफलता मापन हुन्छ ।

तर प्रधानमन्त्री कार्कीले चुनावमा ध्यान दिनुको सट्टा ११ वटा देशबाट राजदूत फिर्ता बोलाउनुभएको छ । जबकी अहिले ती मुलुकमा राजदूत नियुक्त गरेर पठाउने अवस्था छैन । निर्वाचनको वैधता जोगाउन विदेशी दातृ निकाय र कूटनीतिक सम्बन्ध भएका देशको समर्थन चाहिन्छ । तर अहिले सरकारले आफ्ना राजदूतहरु नै फिर्ता बोलाएर देशलाई झन् एक्ल्याएको छ । आफ्ना राजदूत फिर्ता बोलाएको सरकारले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रनिनिधि तथा राजदूतहरुलाई बोलाएर छलफल गरेको छ । चुनावमा सहयोग माग गरेको छ । तर यतिले हुँदै आफ्नो देशका राजदूत तत्काल पूर्ति गरेर पठाउनुपर्छ । त्यसपछि मात्र देशको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने छ ।

निर्वाचनका विषयमा सरकारका मन्त्रीहरुका पनि फरक फरक विचाराधारा आउन थालेका छन् । चुनाव गराउने सबैभन्दा ठूलो जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्यालका अभिव्यक्ति नै विवादमा तानिएका छन् । चुनावमा जानुपर्ने दलहरुलाई आरोप लगाइरहेका गृहमन्त्री अर्यालले न त एकपटक पनि जेन–जीसँग वार्ता र संवाद गरेका छन् । बरु मन्त्रीको कुसीमा परेपछि उनले राजनीतिक दलहरुमाथि प्रहार गरेका छन् ।

गृह मन्त्री मात्र होइन, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अभिव्यक्ति पनि दल विरोधी जस्तै देखिन्छन् । अहिलेको अवस्थामा राजनीतिक दललाई गाली गरेर मात्र समस्याको समधान हुन सक्दैन । बरु विरोधीहरुलाई पनि फकाएर राष्ट्र निर्माणमा सहभागी गराउन सक्नुपर्छ । जुन अहिले देशको माग पनि हो ।

भदौ २३ गने देशव्यापी विरोध प्रदर्शन आह्वान गरेर सडकमा उत्रिएको जेनजी समूह आन्दोलन सफल भएसँगै विभाजित देखिएका छन् । जेनजीका नाममा यति धेरै समूह सतहमा देखिएका छन् कि उनीहरूबिच विभिन्न विषयमा विवाद छ । कतिपय जेनजी समूहले त अन्तरिम सरकारकै अपनत्व नलिएको अवस्था पनि छ । यसलाई सरकारले चिर्न सक्नुपर्छ । सरकारले जेन–जीसँग पटकपटक वार्ता गरेको छ । तर जेन–जीका असन्तुष्टि कम गर्न सकिएको छैन ।

यो सरकारले परिवर्तनको अपनत्वसमेत लिन सकेको छैन । जेन–जीले भनेअनुसार काम गर्न सरकारलाई अप्ठ्यारो छ । न त संविधानको नै अपनत्व लिन सकेको छ । सरकार हाँस र बकुल्लाको चाल जस्तै गरेर रुमलिइरहेको छ ।




भर्खरै