२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीसहितको सर्वपक्षीय सरकार बनाउन एमाले अध्यक्ष ओलीको प्रस्ताव



अ+ अ-

न्यूजपोलार ए.आई.

असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुन:स्थापना

जेन–जीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठन

उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन

संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठनको प्रस्ताव गर्नुभएको छ ।

राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा अध्यक्ष ओलीले यस्तो प्रस्ताब गर्नुभएको हो ।

भेटमा सहभागी पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव गर्नुभएको हो ।

रिजालका अनुसार वर्तमान संकटको समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको यस्तो छ मार्गचित्र-

१) असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुन:स्थापना

२) प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था

३) जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुन: प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट

४) जेन–जीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठन

५) उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव

६) संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण