१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो

झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो
फाईल फोटो
अ अ+ अ-

झापा। भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे । तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले सकेनन् ।

हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए ।

हाल उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । गत साता आफ्नै घर अगाडि पूजाका लागि फूल टिप्दै गर्नुभएकी मेचीनगर–६ की ७४ वर्षीया उसिला राईलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

मेचीनगर–४ स्थितप्रसाद गौँडाबाट दैनिक साँझ नपर्दै हुल बाँधेर नेपाल पस्ने हात्ती बिहान उज्यालो हुने बित्तिकै भारततर्फ फर्कन्छन् । तर, कहिलेकाहीँ हुलबाट छुटेका हात्तीले बस्ती पसेर धनजनको क्षति गर्दै आएको घटना धेरै पुरानो भएको छैन।

बाँस्तोलालाई घाइते बनाएको हातीले स्थानीयको पाक्न लागेको एक बिघा जमिनको धानसमेत खाएपछि आक्रोषित बन्नु भएका ७५ वर्षीय मदन राईले हात्ती नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले दुःख गरेर किसानले लगाएको बालीनाली हात्तीकै कारण घर भित्र्याउन नपाएको सुनाउनुभयो । “वर्षभरि खानका लागि भनेर दुःख गर्‍र्यो, पाकेर थन्क्याउनै पाइँदैन”, उहाँले भन्नुभयो, “कि सरकारले नियन्त्रण गर्नुपर्‍यो कि सुरक्षा दिनुपर्‍यो । यस्तै हो भने घरेलु हतियार प्रयोग गरेर भए पनि आफ्नो सुरक्षा गर्नुपर्ने दिन आइसक्यो ।”

मेचीनगर मात्र होइन भद्रपुर नगरपालिका, विर्तामोड, अर्जुनधारा, दमकलगायतका क्षेत्रमासमेत जङ्गली हात्तीको उत्तिकै त्रास छ । भद्रपुर नगरपालिका–१० का ५५ वर्षीया यदुनाथ न्यौपाने पाक्न लागेको धान रातभर जाग्राम बसेर रुङ्ने गरेको बताउनुहुन्छ । रासस