३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

जापानको नयाँ नेतृत्वबाट ‘सकारात्मक सङ्केत’ पाएको चीनको भनाइ

जापानको नयाँ नेतृत्वबाट ‘सकारात्मक सङ्केत’ पाएको चीनको भनाइ
अ+ अ-

बेइजिङ। बेइजिङका उच्च कूटनीतिज्ञले टोकियोको नयाँ नेतृत्वबाट आफूले ‘सकारात्मक सङ्केत’ पाएकोे बताउनुभएको छ । सअघि टोकियोले बेइजिङले उत्पन्न गरेको सुरक्षा खतरालाई सम्बोधन गर्नुपर्ने बताएकी कन्जरभेटिभ पार्टी साने ताकाइचीलाई जापानले गत साता पहिलो महिला प्रधानमन्त्री बनाएको थियो ।

उहाँले आफ्नो भनाइलाई नरम बनाउनुभएको छ । उहाँले गत हप्ता चीनलाई एक महत्त्वपूर्ण छिमेकीको रूपमा सम्बोधन गर्नु भएको थियो । चीनका वाङ यीले जापानका तोशिमित्सु मोटेगीसँगको टेलिफोन कुराकानीमा भन्नुभयो, “जापानको नयाँ मन्त्रिपरिषद्ले जारी गरेका केही सकारात्मक सङ्केतहरूलाई चीनले गम्भीररूपमा मनन गरेको छ ।

“चीन-जापान सम्बन्ध विकासका लागि उच्चस्तरीय भेटवार्ताले ठूलो महत्व राख्दछ,” वाङले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान भ्रमणमा रहेका बेला दुई देशका विदेशमन्त्रीबिच टेलिफोन वार्ता भएको हो । ताकाइचीले मङ्गलबार अमेरिकी राष्ट्रपतिको प्रशंसा गर्नु भएको थियो र जापानले दुई मित्रराष्ट्रबिचको सम्बन्धको ‘स्वर्ण युग’ को प्रतिज्ञा गरेको बताउनुभएको थियो ।

मङ्गलबार नै महत्वपूर्ण खनिज सुरक्षित गर्ने उद्देश्यका साथ दुई देशका अधिकारीबिच एक सम्झौतामा पनि हस्ताक्षर भएको छ । वासिङ्टनको निकट सहयोगी राष्ट्र जापानमा करिब ६० हजार अमेरिकी सैनिक रहेका छन् । अस्ट्रेलिया र भारतसँगै यो क्वाड समूहको हिस्सा हो, जसलाई बेइजिङको काउन्टरका रूपमा हेरिन्छ ।

वाङले आज नै भएको फोनवार्तामा ‘इतिहास र ताइवान मुद्दा’ चीन-जापान सम्बन्धको आधार रहेको दोहोर्याउनु भएको थियो । जापानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “टोकियोको ट्वीन रिङ मोटेगीले दुर्लभ खनिजमा चीनको निर्यात नियन्त्रण उपायको बारेमा कडा चिन्ता व्यक्त गरेको छ ।”

बेइजिङले यस महिना उद्योगमा व्यापक प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राज्य अमेरिका र जापानले महत्वपूर्ण धातु र दुर्लभ खनिजको आपूर्तिलाई ‘सुरक्षित’ गर्न मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको थिए । मोटेगीले पूर्वी चीन सागरमा टापुको विवादित समूहको वरिपरि बेइजिङको कदमको पनि मुद्दा उठाउँदै बाँकी कृषि व्यापार प्रतिबन्ध हटाउन आह्वान गरेको छ ।

चीन र जापान प्रमुख व्यापारिक साझेदार हुन्, तर ऐतिहासिक अविश्वास र क्षेत्रीय प्रतिद्वन्द्विता र सैन्य खर्चको विवादले प्रायः ती सम्बन्धको परीक्षण गर्दछ । जापानको नयाँ मन्त्रिपरिषदले चीनसँगको सहकार्यका लागि राम्रो ‘पहिलो कदम’ को आशा गरिएको छ,” चिनियाँ वक्तव्यमा भनिएको छ । रासस/एएफपी