१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालको अवस्थामा चुनावको विकल्प छैन-हितबहादुर तामाङ



File photo
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले आगामी फागुन २१ गते हुने निर्वाचनको निम्ति वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

यहाँ आज आयोजित ‘संसद् पुनःस्थापना कि निर्वाचन’ विषयक अन्तररक्रिया उहाँले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नरहेको र त्यसका लागि सरकारले वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

नेता तामाङले भन्नुभएको छ, “चुनावको निमित्त राजनीतिक दल र नागरिक समाजलाई विश्वस्त तुल्याउनुपर्छ । चुनाव निष्पक्ष हुन्छ, नागरिकले स्वतन्त्र ढङ्गले निर्वाचनमा भाग लिन पाउँछन् र निर्वाचन शान्तिपूर्ण ढङ्गले हुन्छ भन्ने कुरा राज्यको संयन्त्रलाई पनि विश्वास  हुनुपर्यो।”

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त आफ्नो पार्टी तयार रहेको पनि बताउनुभयो ।  कार्यक्रममा नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गबाट हुन्छ भन्ने कुराको सुनिश्चितता गरिनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेता जोडिएका भए छानबिन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

नेता पोखरेलले भन्नुभयो, “भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका कोही पनि मान्छे परेका छन् भने छानबिन गरियोस् । हाल हामी सरकारमा छैनौँ, त्यसैले हाम्रो आग्रह छ एमालेलगायत नेतामाथि छानबिन होस् ।” रासस