१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने



अ+ अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ । विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो ।

यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उडड्यान सेवा प्रदान गर्दै आइरहेको थियो ।

अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उडड्यन सेवा यथावतै रूपमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी दिएको हो ।

यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ । रासस