१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच पहिलो पटक वार्ता



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौँ। निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरुसँग सघन रुपमा वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ ।

उक्त प्रयोजनका निम्ति सरकारले बुधबार त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह् ४ बजे हुने बैठकमा सरकार, राजनीतिक दल र जेनज समूहबीच छलफल हुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरुसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिनुभयो ।

यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलहरुबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबचीमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बन्धित पक्षको भनाई छ ।

निर्वाचनको तयारी स्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको छ । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।