२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुमा प्रधानमन्त्री हुन तम्सिएका बालेन परिस्थिति देखेपछि खुट्टा कमाए–ईः



अ+ अ-

काठमाडौँ । अभियन्ता इन्जिनियर ईःले जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बन्न तम्सिएको दाबी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनु थियो,’ उनले लेखेका छन्, ‘सुरुमा तम्सिए पनि परिस्थिति सोचेकोभन्दा विकराल भएपछि उनले खुट्टा कमाए ।’

ईःका अनुसार दोस्रो प्राथमिकतामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने थिए । ‘तर विकसित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो,’ उनले लेखेका छन् ।

त्यसपछि २५ गतेसम्म पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास भएको पनि ईःले दाबी गरेका छन् । ‘तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकार्य भएन,’ उनले लेखेका छन् ।

‘निर्मल निवास, अधिकांश दलका पदाधिकारी र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए,’ उनले उल्लेख गरेका छन्।

पूर्ण भ्याकुम र थप अनिष्ट टार्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सर्वस्वीकार्य र विश्वासिलो व्यक्तित्वका रूपमा देखिएको दाबी पनि उनले गरेका छन् ।

ईःले हालका गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकालाई निर्णायक भनेका छन् । ‘बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता हुँदा टाढिएका, तर विधिसम्मत ढंगले चल्नुपर्छ भन्ने अडान लिने ओमप्रकाशको भूमिका ठुलो थियो,’ उनले लेखेका छन्, ‘त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो ।’

अर्यालको सट्टा महानगर प्रहरी प्रमुख राजु पाण्डे, नभए समावेशिताका लागि मिरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन पक्षले प्रयास गरेको उनको दाबी छ । ‘त्यो प्रयास अहिले पनि जारी छ,’ उनले दाबी गरेका छन् ।

उनका अनुसार अहिले पनि ठूलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धा जारी छ । ‘अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ । के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो विडम्बना१ कस्तो निर्लज्जता१,’ ईःले लेखेका छन् ।

ईःले भदौ २३ र २४ मा भएका घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् । ‘स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले ती अपराधीहरूले सजाय पाउनुपर्छ,’ उनले लेखेका छन् ।

उनले जबाफदेहिता र न्याय ओहदाबाट होइन, व्यवहार र परिणामबाट स्थापित हुनुपर्ने बताएका छन् । ‘समयमै चुनाव हुनै पर्छ,’ उनले भनेका छन् ।

ईःले अन्त्यमा लेखेका छन्, ‘रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा दिँदैन । अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा परेको महसुस गर्नुपर्ने हो भने, होस् खतरा होस् ।’