३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

सुरुमा प्रधानमन्त्री हुन तम्सिएका बालेन परिस्थिति देखेपछि खुट्टा कमाए–ईः

सुरुमा प्रधानमन्त्री हुन तम्सिएका बालेन परिस्थिति देखेपछि खुट्टा कमाए–ईः
अ+ अ-

काठमाडौँ । अभियन्ता इन्जिनियर ईःले जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बन्न तम्सिएको दाबी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनु थियो,’ उनले लेखेका छन्, ‘सुरुमा तम्सिए पनि परिस्थिति सोचेकोभन्दा विकराल भएपछि उनले खुट्टा कमाए ।’

ईःका अनुसार दोस्रो प्राथमिकतामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने थिए । ‘तर विकसित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो,’ उनले लेखेका छन् ।

त्यसपछि २५ गतेसम्म पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास भएको पनि ईःले दाबी गरेका छन् । ‘तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकार्य भएन,’ उनले लेखेका छन् ।

‘निर्मल निवास, अधिकांश दलका पदाधिकारी र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए,’ उनले उल्लेख गरेका छन्।

पूर्ण भ्याकुम र थप अनिष्ट टार्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सर्वस्वीकार्य र विश्वासिलो व्यक्तित्वका रूपमा देखिएको दाबी पनि उनले गरेका छन् ।

ईःले हालका गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकालाई निर्णायक भनेका छन् । ‘बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता हुँदा टाढिएका, तर विधिसम्मत ढंगले चल्नुपर्छ भन्ने अडान लिने ओमप्रकाशको भूमिका ठुलो थियो,’ उनले लेखेका छन्, ‘त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो ।’

अर्यालको सट्टा महानगर प्रहरी प्रमुख राजु पाण्डे, नभए समावेशिताका लागि मिरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन पक्षले प्रयास गरेको उनको दाबी छ । ‘त्यो प्रयास अहिले पनि जारी छ,’ उनले दाबी गरेका छन् ।

उनका अनुसार अहिले पनि ठूलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धा जारी छ । ‘अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ । के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो विडम्बना१ कस्तो निर्लज्जता१,’ ईःले लेखेका छन् ।

ईःले भदौ २३ र २४ मा भएका घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् । ‘स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले ती अपराधीहरूले सजाय पाउनुपर्छ,’ उनले लेखेका छन् ।

उनले जबाफदेहिता र न्याय ओहदाबाट होइन, व्यवहार र परिणामबाट स्थापित हुनुपर्ने बताएका छन् । ‘समयमै चुनाव हुनै पर्छ,’ उनले भनेका छन् ।

ईःले अन्त्यमा लेखेका छन्, ‘रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा दिँदैन । अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा परेको महसुस गर्नुपर्ने हो भने, होस् खतरा होस् ।’