१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीद्धारा कमलपोखरीमा छठीमाईको पूजा आराधना



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गर्नुभएको छ ।

प्रधानमन्त्री कार्की आज कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गर्नुभएको हो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । बर्तालु भक्तजनहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहिआएको छ ।

छठ पर्वमा नदी किनार, तालतलैया, पखरीमा पुगेर पूजा आराधना गरिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिने धार्मिक परम्परा छ । छठ पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।