६ पुष २०८२, आईतवार
,
Latest
बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

चञ्चलाको ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन



अ+ अ-

वीरगञ्ज। लेखिका चञ्चलाको  राजद्वारा लिखित मिथिलामा विवाह परम्परासम्बन्धी पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणलाल कर्णलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभएको हो । त्यस अवसरमा पूर्वमन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको यो पुस्तक आउँदो पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ ग्रन्थ हुने बताउनुभयो ।

मिथिला क्षेत्रमा विवाहसम्बन्धी रीतिरिवाजबारे धेरै पुस्तक भए पनि केटा पक्ष र केटी पक्षबीच विवाहको कुराकानी सुरु भएको दिनदेखि चार दिनसम्म हुने परम्पराबारे र विदाइपछि केटा पक्षको घरमा चल्ने रीतिरिवाजबारे विस्तारपूर्वक लेखिएकाले विमोचित पुस्तक महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

लेखिका राजले मिथिलामा हुने विशिष्ट विवाह परम्पराबारे सूक्ष्म अध्ययन गरेर यसको सामाजिक र वैज्ञानिक पक्षबारे जानकारी दिने आफ्नो उद्देश्यसहित पुस्तक लेखेको बताउनुभयो । उहाँले पाँच वर्ष लगाएर लेखिएको पुस्तक आगामी दिनमा मिथिला क्षेत्रमा हुने विवाह समारोहका लागि पनि महत्वपूर्ण सामग्री हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकको भूमिका मैथिलिकी प्रसिद्ध साहित्यकार र भारत सरकारको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित साहित्यकार डा शेफालिका बर्माले लेख्नुभएको छ ।

पुस्तक विमोचन समारोहमा मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, लेखक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दासलगायतको उपस्थिति रहेको थियो । रासस