६ पुष २०८२, आईतवार
,
Latest
बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा छ जना घाइते



अ+ अ-

पर्वत। मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाइते भएका छन् ।

बागलुङबाट कुश्मातर्फ आउँदै गरेको ग१ज ९०२३ नं को इभी भ्यान र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२–०५३ प ९८३४ नंको मोटरसाइकल ठोक्किँदा चार जना महिला र दुई पुरुष घाइते भएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक धादिङको सिद्दलेख गाउँपालिका वडा नं १ नलाङ बस्ने २९ वर्षीय सुजन तिमिल्सिना, इभी भ्यानमा सवार बागलुङ नगरपालिका वडा नं १० भकुण्डे बस्ने ७० वर्षीया वृद्धा रेवती थापा, कास्कीको मादी गाउँपालिका–२ की ७२ वर्षीया पवि थापा, सोही ठाउँकी ४३ वर्षीया इन्दिरा थापा, पोखरा महानगरपालिका–१३ लेखनाथ बस्ने १४ वर्षीय रविन श्रेष्ठ र बागलुङ नगरपालिका–१३ बलेवा बस्ने ३५ वर्षीया जानकी खत्री रहेका छन् ।

घाइतेमध्ये सुजन तिमिल्सिना, रेवती थापा र रविन श्रेष्ठलाई थप उपचारका लागि अन्नपूर्ण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेहरूको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक समित श्रेष्ठले जानकारी दिनुभयो ।रासस