६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी आन्दाेलनमा ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् सजाय भोग्न तयार छु’



अ+ अ-

काठमाडौँ। अभिनेता निश्चल बस्नेतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा कहीँकतै ढुङ्गा हानेको,आगजनी गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका हुन्।

बस्नेतले लेखेका छन्, ‘मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस, मलाई जे सजाय दिएपनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएँ, स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु।’

उनले आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा स्वीकार गर्दै भनेका छन्, ‘म आन्दोलनमा गएको हो। भ्रष्टाचारको विरोध गरेको हो। मसँग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।’

बस्नेतले केही व्यक्तिहरूले भिडियोमा आफ्ना अनुकूल क्याप्शन राखेर गलत सन्देश फैलाउने प्रयास गरेको आरोप लगाएका छन्।