५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोधारा चाँदनीमा एक लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट



फाईल फोटो
अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बजार क्षेत्रमा प्रहरीले रु एक लाख मूल्य बराबरका अवैध पटाका बरामद गरी आज नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा तीनवटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उरीक्षक सागर बोहराका अनुसार बरामद पटाकाहरू निणन्त्रणमा लिएर जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको छ ।

चाडपर्वका समयमा अवैध रूपमा पटाका बिक्री वितरण र प्रयोगले जनधनको क्षति हुने जोखिम हुने भएकाले प्रहरी प्रशासनले सर्वसाधारणलाई यस्ता कार्य नगर्न आग्रह गरेको छ ।




भर्खरै