१७ भाद्र २०८३, बुधबार
,
Latest
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगरमा भेटियो ‘हरित परेवा’को बथान



अ+ अ-

झापा। दुर्लभ मानिएको ‘हरित परेवा’को ठूलो बथान मेचीनगरमा फेला परेको छ । वन्यजन्तु फोटोग्राफर देवेन्द्र खरेल र संरक्षण अभियन्ता शङ्कर लुइँटेलले बथान फेला पारेका हुन् ।

मेचीनगर नगरपालिका– ४ बाहुनडाँगी र वडा नं ६ काँकडभिट्टा क्षेत्रमा विगत चार दिनमा ९१ वटाको सङ्ख्यामा ती दुर्लभ चरा गणना गरिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताउनुभयो ।

अङ्ग्रेजीमा ‘ग्रिन इम्पेरियल पिजन’ नाम दिइएको हरित परेवाको रङ हरियो हुन्छ । खरेलले नै विसं २०७७ मङ्सिर ९ गते मेचीनगर–७ सतिघट्टाको सिमलको रुखमा नेपालमै पहिलोपल्ट हरित परेवा फेला परेको तस्बिर खिचेर यो चरा नेपालमा पाइन्छ भन्ने प्रमाणित गर्नुभएको थियो । उहाँले तस्बिर खिचेपछि नेपालमा पाइने चराको प्रजातिमा हरित परेवा थपिएको थियो ।

नेपालको मेचीनगर क्षेत्रमा मात्र पाइएको यो चरा घरेलु परेवा, ढुकुर र हलेसोभन्दा आकारमा ठूलो हुने उहाँले बताउनुभयो । यसको आकार ४२ देखि ४७ सेन्टिमिटरसम्म लामो हुने र नेपालसहित भारत, श्रीलङ्का, चीन, इन्डोनेसिया र फिलिपिन्समा यो चरा पाइएको छ ।

वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलले मेचीनगर–४ बाहुनडाँगीमा हरित परेवाको बथान देखेपछि फोटो र भिडियो खिचेको बताउनुभयो । यसअघि मेचीनगरको दक्षिणी क्षेत्रमा मात्र यो चरा भेटिने गरेको थियो ।

विगत चार दिनमा बाहुनडाँगी र काँकडभिट्टाको सहरी र ग्रामीण क्षेत्रमा ९१ वटाको बथान भेटिनुले मेचीनगर हरित परेवाको स्वर्गसरी भएको खरेलको भनाइ छ । उहाँले मेचीनगरमा चरा ३३७ प्रजातिका चरा पाइएको हुँदा नगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरिनुपर्ने माग गरिएको बताउनुभयो । रासस