५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरु



अ+ अ-

सुदूरपश्चिम। यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा हाट लागेको दिन दुनाटपरी बेच्न भ्याइनभ्याइ हुन्छ ।

सालको पात गाँसेर बनाइने दुनाटपरीको आम्दानीले उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँले भन्नुभयो, “दिनदेहाडी (दैनिक ज्याला) बराबरको रकम दुनाटपरी बिक्री गरेर भइहाल्छ, सीपको सदुपयोग गर्न सकेकोमा सन्तुष्ट छु ।”

धनगढी उपमहानगरपालिकाको जाई जालीलगायतका चौधरी समुदायका महिलाहरु पछिल्ला वर्षहरुमा दुनाटपरी तयार पारी बिक्री गरेर मनग्गे आम्दानी लिइरहेका छन् । दुनाटपरी बेचेर एक महिलाले दैनिक कम्तीमा रु ५०० देखि बढीमा रु एक हजारसम्म कमाइ गर्छन् ।

धार्मिक एवं पूजाआजामा दुनाटपरीलाई शुद्ध एवं चोखो मानिन्छ । चौधरी समुदायले दुनाटपरीमा खानाका परिकार राख्न बढी प्रयोग गर्ने भएकाले पनि दुनाटपरी अतिरिक्त आम्दानीको स्रोत बन्दै गएको हो ।

चाडपर्व, मेला, महोत्सवमा दुनाटपरीको माग बढी हुने गरेको छ । “हाट बजार हाम्रा लागि दुना टपरी बेच्ने केन्द्र बनेकाले बजारको समस्या छैन”, अर्की महिला राममतिदेवीले भन्नुभयो, “महिलाहरु घरमा त्यसै बस्नुभन्दा हाटबजारमा पुगेर कमाइ गर्न सिकेका छौँ ।”

धनगढी उपमहानगरपालिका कार्यालयले महिलालाई दुनाटपरी उत्पादन गरेर कारोबार गर्नका लागि मेसिन उपलब्ध गराए पनि मेसिनमार्फत तयार हुने दुनाटपरी ग्राहकले त्यति नरुचाउने गरेको स्थानीयको भनाइ छ । रासस