५ असार २०८३, शुक्रबार
,
Latest
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानको न्यूनतम समर्थन मूल्य निर्धारण



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरमा यस वर्षको धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार, मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार  ६२८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार जिल्लामा समर्थन मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी ढकालले जारी गर्नुभएको सूचनाअनुसार कृषक, धानचामलका उद्योगी तथा व्यापारीहरुलाई तोकिएको मूल्यमा धान खरिद–बिक्री गर्न आग्रह गरिएको छ  ।  पालिका क्षेत्रभित्र निर्णय कार्यान्वयन गराउनका लागि स्थानीय तहलाई निर्देशन दिइएको छ ।

हाल जिल्लाभर धानबाली काट्ने, सुकाउने र थ्रेसिङ गर्ने चटारो चलिरहेको छ । किसानले समर्थन मूल्य समयमा नै निर्धारण  गरिएको भन्दै स्वागत गरेका छन् । स्थानीय किसान गहनु चौधरीले धानको समर्थन मूल्य निर्धारण गरिएको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो ।

पालिकास्तरमा सरकारी धान खरिद डिपो सञ्चालन गरेर तोकिएको मूल्यमा नै खरिद गरिदिएमा किसानलाई राहत मिल्ने उहाँको भनाइ छ । रासस