५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह



अ+ अ-

सुदूरपश्चिम। जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न गराउन जिल्लाका कृषक र उद्योगी–व्यवसायीलाई अनुरोध गरेको छ ।

धानको उचित मूल्य नपाइरहेको गुनासो किसानबाट आउन थालेपछि जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरी नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न गराउन आग्रह गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले प्रतिक्विन्टल मोटा धान तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ ३३ न्यूनतम समर्थन मूल्य तोकेको कार्यालयको सूचनामा उल्लेख छ ।

सरकारले तोकेको धानको समर्थन मूल्यअनुसारको मूल्य पाउन सकेका छैनन् । कञ्चनपुरका किसान केशव पाठकले व्यापारीको मूल्यमा एकाधिकार हुने गरेका कारण किसानले उचित मूल्य नपाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “धान खरिद गर्ने व्यापारीले बिक्री गर्न जाने किसानलाई बढीमा रु दुई हजार ६५० भन्दा बढी मूल्य दिन नसक्ने जवाफ दिन्छन्, भारतबाट पर्याप्त परिमाणमा चामल भित्रिने गरेकाले पनि किसानले धानको मूल्य पाएका छैनन् ।”

यहाँका किसानको मुख्य आम्दानी स्रोत धानबाली हो । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको धान किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर हुने आम्दानीबाट वर्षभरिको खर्चको जोहो गर्छन् । रासस