१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

भारतबाट फर्केकाको व्यवस्थापन गर्दै स्थानीय सरकार

भारतबाट फर्केकाको व्यवस्थापन गर्दै स्थानीय सरकार
अ अ+ अ-

डोटी । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट रोक्न यहाँको स्थानीय सरकारले भारतका विभिन्न शहरबाट जिल्ला फर्किएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । सोही बमोजिम नै जिल्लाका नौवटै स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनमा अहिले भारतबाट आएकाहरुको घुइँचो लागेको छ ।

क्वारेन्टाइनमा राखिएकाहरुको दैनिक स्वास्थ्य जाँच, खानपिन र अन्य अत्यावश्यकीय व्यवस्था पनि मिलाइएको छ । तर ती व्यक्तिहरुको स्वास्थ्य जाँचमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण भने नदेखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयकाअनुसार जिल्लाका नौवटै स्थानीयतहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा भारतमा रोजगारीबाट आएका ३११ जनालाई राखिएको छ ।

जसमा पुरुष २५८, महिला २८ र बालबालिका २५ रहेका छन् । त्यसैगरी एक महिना यतादेखि भारतबाट जिल्ला भित्रिएकाहरुको पनि लगत सङ्कलन गरी उनीहरुलाई पनि सुरक्षित ‘होम क्वारेन्टाइन’ मा राखिने तयारी भइरहेको छ । कतिपय भारतबाट फर्किएको भनी आफै सार्वजनिक भएकाहरु प्नि कोही यस्तै क्वारेन्टाइनमा आएका छन् भने कतिले आफ्नै घरमा ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् ।

यसैक्रममा जिल्लाको शिखर नगरपालिकाले भारतबाट आएका ७२ जनालाई क्वारेन्टाइनमा राखेको छ । उनीहरुका लागि नगरपालिकाले ४ वटा विद्यालयमा क्वारेन्टाइनको व्यवस्था पनि गरेको छ । नगरपालिकाको वडा नं २ र ३ मा घर भएका १९ जनालाई अमरज्योती आधारभूत विद्यालय आलीमा राखिएको छ । त्यस्तै ४, ५ र ६ मा घर भएका २७ जनालाई पञ्चोदया आधारभूत विद्यालय, धुरकोटमा राखिएको छ भने वडा नं। ७ र ९ मा घर भएका १५ जनालाई मष्टा आधारभूत विद्यालय, बोरागाउँमा राखिएको छ । त्यस्तै वडा नं १० र ११ मा घर भएका ११ जनालाई शिद्धेश्वर माध्यमिक विद्यालय, बानीडुग्रीसैनमा राखिएको नगर स्वास्थ्य प्रमुख हरिष शाहले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि खाद्यान्न, मास्क, बेडलगायतको व्यवस्था गरिएको नगरप्रमुख सीताराम जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरका २२ जनालाई सुरक्षित क्वारेन्टाइनमा राखेको छ । भारतका विभिन्न शहरमा काम गरेर दिपायल पुगेका उनीहरुलाई वडा नं ४ दिपायल राजपुरमा रहेको सेती सभाहलमा राखिएको हो । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि खाद्यान्न, मास्क, बेड लगायतको व्यवस्था सहित सुरक्षित रुपमा राखिएको सो वडाका अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिनुभयो । आदर्श गाउँपालिकाले भारतबाट फर्किएका ६७ जनालाई क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाले वडा नं २ मौवामा अवस्थित सारदा माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरी उनीहरुलाइ मौवामा व्यवस्थापन गरेको हो ।

त्यस्तै वडा नं। २ बावनकाँडाका ५ जना सेल्फ क्वारन्टाइनमा बसेका छन् । उनीहरु गाउँ नजिकैको नवादेव आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका छन् । तीन जना भारत र दुई जना काठमाडौँबाट गाउँ फर्किएका व्यक्ति भने आफै सेल्फ क्वारेन्टाइनमा बसेको गाउँपालिकाका स्वास्थ्य प्रमुख बम खड्काले जानकारी दिनुभयो । काठमाडौँबाट गाउँ आएका व्यक्तिहरु पनि आफै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उता के आइ सिंह गाउँपालिकाले पनि भारतबाट आएका ११ जनालाई सुरक्षित क्वारेन्टाइनमा राखेको जनाएको छ । भारतबाट कैलाली हुँदै दिपायल पुगेर गाउँपालिका जान लागेका उनीहरुलाई राजपुरस्थित सेती सभाहलमा निर्मित क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा बसेकाहरुका लागि रासन, लत्ताकपडा, साबुन, भाँडावर्तनजस्ता आवश्यकताका साधनको व्यवस्था पनि गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेकालाई १४ दिनसम्म निगरानीमा राखेर स्वास्थ्य जाँच गरिने र समस्या देखिए उपचारका लागि अन्यत्र पठाउने व्यवस्था मिलाइएको छ । त्यसैगरी सायल गाउँपालिकाले पनि भारतबाट आएका पाँच जनालाई सुरक्षित क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाले वडा नं ३ तोलेनीको कार्यालयमा क्वारेन्टाइनको व्यवस्था गरी राखिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । छिमेकी जिल्ला बझाङ्गको सिर्मा हुँदै अरुपनि स्थानीय गाउँपालिका भित्रिने सम्भावना भएकाले सम्बन्धित सबै वडा कार्यालयहरुमा क्वारेन्टाइनको व्यवस्था गरिएको अध्यक्ष डुम्रेलले बताउनुभयो ।

यसैगरी जिल्लाको कैलालीसँग सिमाना जोडिएको बडीकेदार गाउँपालिकामा भारतबाट आएका ३५ जना स्थानीयलाई सुरक्षित क्वारेन्टाइनमा राखिएको छ । उक्त गाउँपालिकाको वडा नं १ बिपी नगरमा रहेको केदारज्योतीकुञ्ज बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको र त्यहाँ १ जना जोरायल गाउँपालिका, चार जना कैलालीको महोन्याल गाउँपालिका र ३० जना बडीकेदार गाउँपालिकाका रहेको सो गाउँपालिकाका स्वास्थ्य प्रमुख योगेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइनमा राखिएका सबैको नियमित स्वास्थ्य जाँच भइरहेको बताउँदै अहिलेसम्म सबैको स्वास्थ्य अवस्था राम्रो देखिएको बताउनुभयो । बिपी नगरमा भारतबाट आएका ५१ जनामध्ये १६ जना बडीकेदार गाउँपालिकाका भएकाले गाउँपालिका भवन खड्यौलीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बिपी नगरका प्रहरी निरीक्षक लालबहादुर ऐरले जानकारी दिनुभयो ।

जिल्लाकै पूर्वीचौकी गाउँपालिमा भारतबाट आएका दुई जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ । वडा नं। ३ गैरागाउँका एक जनालाई सानागाउँमा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ भने एक जनालाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । महिलाहरु तथा जसको घरमा कोही छैन उनीहरुलाई घरैमा क्वारेन्टाइनमा बस्न भनिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले यसरी राखिएकाहरुको निगरानी राख्ने र समय समयमा स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उता जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले भारतबाट आएका आफ्नो गाउँपालिकाका १०३ जनालाई सुरक्षित क्वारेन्टाइनमा राखेको जनाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहमध्ये सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकामा भारत गएकाहरु बढी सङ्ख्यामा घर आएकाले सबैभन्दा बढी क्वारेन्टाइनमा पनि उक्त गाउँपालिकामा नै निर्माण गरी राखिएको हो ।

गाउँ पालिकाको वडा नं २ केदार आँखडामा पर्ने नवप्रतिभा आधारभूत विद्यालयमा १५ जना, केदारअखडा माध्यमिक विद्यालयमा २० जना र कृष्णधौतडी आधारभूत विद्यालयमा १७ जनालाई राखिएको छ । त्यसैगरी वडा नं ३ कानाचौर जुगुनेको खाली घरमा ४ जना, वडा नं। ३ कै बडिगाउँको खाली घरमा ३ जनालाई राखिएको छ भने एक जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै ४४ जनालाई वडा नं। ६ खत्याडीमा रहेको खत्याडी माध्यमिक विद्यालय र छिणखान माध्यमिक विद्यालयमा राखिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो ।

क्वारेण्टाइनमा बस्ने सबैको खाने, बस्ने, औषधि उपचार गाउँपालिकाले नै व्यहोर्ने गरी कम्तिमा १४ दिन निगरानिमा राखिने उहाँले जानकारी दिनुभयो । यसका साथै भारत तथा अन्य मुलुकबाट जिल्लामा आएका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न पनि सबै स्थानीय तहले आग्रह गरेका छन् । जिल्ला बाहिरबाट आएकाहरुलाई परिवारभन्दा अलग्गै बस्न आग्रहसमेत गरिएको हो ।
कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोकथाम गर्न यहाँका स्थानीय तहहरुले उच्च सतर्कता अपनाउदै धमाधम क्वारेन्टाइन निर्माण गरेको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

त्यस्तै यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले आ–आफ्नो स्थानीय तहमा क्वारेन्टाइनसहितको हेल्थ डेक्स पनि स्थापना गरिसकेका छन् । त्यसैगरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न जिल्लाका दुईवटा गाउँपालिकाले विपद् व्यवस्थापन कोषसमेत स्थापना गरेका छन् । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले रु ५० लाख तथा पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाले रु ३० लाखको विपद् व्यवस्थापन कोष खडा गरेका छन् । भारतबाट आएकाहरु राख्नका लागि जिल्लाको दिपायल सिलगढी, शिखर नगरपालिका एवं सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल तथा केआइसिंह गाउँपालिकामा क्वारेन्टाइन र आइशोलेसन कक्ष निर्माण भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका सबै स्थानीय तहमा भारतमा काम गरेर फर्किनेहरु बढी भएकाले उनीहरुलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीसहितको क्वारेन्टाइन र आइशोलेसन कक्ष स्थापना भएका छन्, भारतबाट आएका सबैले अनिर्वाय क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएका छौँ ।”