२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा कोरोना पोजेटिभ देखियो, टेकुमा देखिएन



अ+ अ-

पोखरा । पोखरामा पोजेटिभ देखिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोजेटिभ देखिएका ब्याक्तिको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट नेगेटिभ भएको जनाएको छ ।

भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा प्रतिष्ठानले पोजेटिभ रिपोर्ट आएको जनाएको थियो । र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए ।