१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

चीनबाट आइपुग्यो स्वास्थ्य सामग्री

चीनबाट आइपुग्यो स्वास्थ्य सामग्री
अ अ+ अ-

काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । सरकारले जीटुजी सरकार सरकारबीच सम्झौता, मार्फत नेपाली सेनालाई स्वास्थ्य सामाग्री ल्याउन दिने निर्णय गरेको थियो । त्यसको केही दिनमा नै केही निजी कम्पनीले चीनबाट सात हजार पाँच सय ४८ केजी स्वास्थ्य सामाग्री नेपाल ल्याएका नेपाल सरकारले जनाएको छ।

नेपाल एयरलाइन्सको कल साइन आर ए ४१७२ जहाजले स्वास्थ्य सामाग्री र उपकरण शुक्रबार विहान काठमाडौं ल्याइपुर्याएको हो।

ग्वाङजाओका लागि नेपाल महावाणिज्यदूत हरिशरण पुडासैनीसहित ११ जना क्रुमेमबर टोलीले ७ हजार ५ सय ४८ किलो स्वास्थ्य सामाग्री शुक्रबार विहान काठमाडौं ल्याएको हो।

निजी क्षेत्रका कम्पनी सामसुङ, जेट्टी र चौधरीलगायतका कम्पनीले उक्त परिमाणको स्वास्थ्य सामाग्री नेपाल लगाएको स्रोतले जनाएको छ।

चीनको ग्वाङजाओबाट स्वास्थ्य सामाग्री ल्याउन जहाजको बस्दोबस्त फ्ल्यास फ्रेट लोजिस्टिक्स प्रालिले गरेको थियो। ‘हामीले औषधि ल्याउनलाई जहाजको व्यवस्था गरेका हौं,’फ्ल्यास फ्रेट लोजिस्टिक्स प्रालिका एक कर्मचारीले भने।

यसअघि सरकारले निजी क्षेत्रको ओम्नी समूहलाई चीनबाट स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिएको थियो। तर पछि उक्त समूहले सम्झौता बमोजिम स्वास्थ्य सामाग्री ल्याउन नसकेको भन्दै सरकारले ठेक्का सम्झौता रद्ध गर्दै स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिएको थियो।