१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

नेपाल एयरलाइन्सका जहाज किन उडान गर्दै छन् बेलायत,जर्मनी र क्यानडा

नेपाल एयरलाइन्सका जहाज किन उडान गर्दै छन् बेलायत,जर्मनी र क्यानडा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्कफर्ट र क्यानाडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिनुभयो ।

“युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौँ, अबको सात देखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानाडा पुग्छन्”, उहाँले भन्नुभयो । निगमको यी गन्तव्यको उडान भने व्यावसायिक नभई चार्टर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ ।

यी तीनवटै गन्तव्यमा निगमको वाइडबडी जहाजले सिधा उडान गर्नेछन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ । वाइडबडीले लण्डनबाट क्याना र जर्मनीको उडान भर्नेछ । निगमले शुरुमा बोइङ ७६७ जहाजमार्फत लण्डन, पेरिस र फ्राङ्फर्ट उडान गरेको थियो । जहाज अभावलगायत कारण देखाउँदै बिचमै सेवा रोकेको थियो । निगमले वि.स. १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो । युरोपका ती गन्तव्यमा दुबई भएर उडान गरिन्थ्यो । निगमका पूर्व निर्देशक रामहरी शर्माले निगमले देशलाई अफ्ठयारो परेकाबेला सहयोग गर्नुपर्ने दायित्व भएकाले अहिले आफ्नो भूमिकालाई प्रभावकारी बनाएको बताउनुहुन्छ । आर्थिक रुपमा कमजोर रहेको निगमको हालको अवस्थालाई सुधारी सवल बनाउन सरकारले पनि यसको अवश्यकता र सान्दर्भिकतालाई बुझेर प्रवद्र्धनमा ध्यान निदुपर्ने उहाँको भनाइ छ ।

निगमले विषम परिस्थितिमा आफ्नो सेवालाई चार्डड उडानकै रुपमा भएपनि गन्तव्य विस्तार गर्दै आफ्नो साखलाई उँचो बनाउन प्रभावकारी भूमिका निर्बाह गरिरहेको छ । आफ्नो ६० वर्षे उड्डयन इतिहासमा पहिलो पटक वाइडबडीजहाजमार्फत लामा गन्तव्यको उडान भरेर संस्थाको सान्दर्भिकता र औचित्यतालाई पुष्टि गरिसकेको छ । सिङ्गो देशवासी मात्र नभई विदेशी नागरिकका लागि पनि निगमका वाइडबडी जाहज विपद्मा सहयोगी बनिरहेका छन् ।

यसअघि निगमले आफ्नो उड्डयन इतिहासमै पहिलो पटक लामो गन्तब्यको अष्ट्रेलियाको शहर ब्रिस्बनमा चार्टर्ड उडान गरेको थियो । निगमको वाइडबडी जहाजले चैत १९ मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बनसम्मको करिब १३ घण्टाको उडान यात्रा गरेको थियो । यो उठानलाई निगमले ऐतिहासिक र अद्वितीय उडान भनेको छ । निगमको अष्ट्रेलिया उडानपछि अन्तरराष्ट्रियरुपमा पनि निगमले राम्रै प्रसंशा बोटुलेको छ ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको साहसिक उडान कार्यको सराहना गर्दै विशेष धन्यवाद पनि दिएको छ । निगमको अपरेशन विभागमार्फ दू्तावासले छोटो समयमै निगमले घोषित कार्यतालिकाभित्रै उडान भरेर आफ्नो विश्वास बढाएको दूतावासले उल्लेख गरेको विभाग प्रमुख जुहार्चनले बताउनुभयो । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले नेपाल–अष्ट्रेलिया सिधा उडानका लागि चासो जनाउँदै यो उडानले आगामी दिनमा उडान निरन्तरताका लागि योगदान पुग्ने विश्वास दिलाउनुभएको उहाँको भनाइ उद्धृत गर्दै प्रमुख जुहार्चनले जानकारी दिनुभयो । सरकारले अष्ट्रेलिया सिधा उडानका लागि हवाई सम्झौता गरिसकेको छ । छिट्टै यो गन्तव्यमा उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीको विश्वास छ ।

आर्थिक रुपमा निकै जरजर अवस्थाको नेपाल एयरलाइन्सले अघिल्लो वर्ष खरिद गरेका दुई वाइडबढी जहाले लामो गन्तव्यमा उडान भर्न नसक्दा व्यावसायिक लाभ लिन सकेके थिएन । अहिले भोडिभ–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको संक्रमण फेला परेपछि सरकारले चैत ११ देखि २५ सम्म देशभर लकडाउन गरेको छ । वैशाख ३ गतेसम्म सबै आन्तरिक र अन्तरराष्ट्रिय उडान बन्द गरिएको छ । यस्तो परिस्थितिमा निगमले औषधीजन्य सामग्री ढुवानीका लागि कार्गो उडान तथा विदेशी नागरिकलाई उनीहरुको मुलुकसम्म लैजानका लागि चार्टर्ड उडान गरिरहेको छ । यतिखेर निगम सामान्य अवस्थाभन्दा निकै व्यस्त छ । विगत एक सातादेखि नियमितजसो अन्तरराष्ट्रिय गन्तव्यमा चार्टड तथा कार्गो उडान गरिरहेको निगमको वाइडबडी जहाजको व्यस्तता अझै बढेको छ ।

निगमले सातादिनभित्रै श्रीलंकाको कोलम्बो उडान भर्ने तयारी गरेको छ भने अबको १० दिनभित्र युरोपमका महत्वपूर्ण गन्तव्यमा चार्टर्ड उडान गर्ने भएको हो । त्यस्तै चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान भर्ने योजना बनाइएको निगमले उल्लेख गरेको छ । यसअघि निगमको वाइडबडी जहाजले चैत १६ गते र शुक्रबार बिहान दुई चार्टर्ड उडानमार्फत चीनको ग्वाङाओबाट मेडिकल सामग्री ल्याएर फर्किएको थियो ।

हाल दुई वाईडबडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ । निगमको वाइडबडी जहाजले गत फागुन ४ गते कोभिड पहिलो पटक फेला परेको चीनको वुहान शहरबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको थियो । विंस। २०६२ को गोरखा भूकम्प र भारतले गरेको नाकाबन्दीका बेला पनि निगमको जहाजले उद्धार उडान र कार्गो उडान गरेको थियो । देशका राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको विशिष्ट भ्रमणमा पनि निगमकै जहाज प्रयोग गरिने गरेको छ । त्यसैले विपद्को सारथी बनिरहेको राष्ट्रिय ध्वजाबाहकलाई हालको अवस्थालाई सुधारेर संस्थागत क्षमता विकास र सुदृढिकरण र सवलीकरणका लागि राज्यको ध्यान जान जरुरी छ ।