१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

कोरोना संक्रमित चिकित्सकको मृत्यु

कोरोना संक्रमित चिकित्सकको मृत्यु
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए । उनलाई आफ्नो मेडिकल क्लिनिकमा आएका संक्रमितको जाँच गर्ने क्रममा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

कोरियामा कोरानाका कारण शुक्रबारसम्म उनीसँंगै मृत्यु हुने १७४ जना पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । त्यहाँ हालसम्म संक्रमित १० हजार ६२ छन् । दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो चिकित्सा क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन् । उनीहरूले भनेका छन्, ’हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्ने छौँ । कोरोना संक्रमित प्रत्येक बिरामी उपचारपछि सकुशल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ ।’ कोरियामा कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।