४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

बहुसंख्यक महाधिवेशन प्रतिनिधिको मागलाई नजरअन्दाज नगरियोस्, नत्र काँग्रेसमा विग्रह निश्चित छ: अजयबाबु शिवाकोटी

बहुसंख्यक महाधिवेशन प्रतिनिधिको मागलाई नजरअन्दाज नगरियोस्, नत्र काँग्रेसमा विग्रह निश्चित छ: अजयबाबु शिवाकोटी
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको मागलाई बेवास्ता नगर्न चेतावनी दिनुभएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका बहुसंख्यक प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्नुभएकाले पार्टीका पदाधिकारी वा केन्द्रिय सदस्यहरुले नजरअन्दाज नगर्न चेतावनी दिनुभएको हो । उहाँले नेपाली काँग्रेसमा जेन–जी आन्दोलनपछिको परिस्थितिलाई नियाल्दै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन भइरहेको छ ।

मंगलवारको केन्द्रिय समितिको बैठकपछि नै पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउने तयारी भएपनि पार्टी सभापति शेरबहादुर देउवाले समितिमा आफ्नो सम्बोधन गर्नुभएको र सभापतिको रुपमा उहाँको सम्बोधन यो नै अन्तिम हुने (अनुमान) भएकाले अन्य गतिविधि नगर्ने भन्दै खड्काले हस्ताक्षर स्वीकार गर्नुभएन । पार्टी सभापति देउवाले केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै आफूले खड्कालाई कार्यवाहक तोकेको जानकारी दिनुभएको थियो ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत  महाधिवेशन प्रतिनिधिहरुले माग गर्नुभएको हस्ताक्षर बुधवार कार्यवाहक सभापति खड्कालाई बुझाउने तयारी रहेको शिवाकोटीले बताउनु भयो । बहुसंख्यक प्रतिनिधिको मागलाई गोलमटोल बनाउने, अवरोध गर्ने  बाटोमा पदाधिकारीहरु जानु नहुने र सबै सचेत रहेको बताउनु भयो । यदी नियमित वा विशेष महाधिवेशन नभएको खण्डमा पार्टी कार्यालयमा ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरु जम्मा भइ अधिवेशन गर्ने र नेतृत्व चयन गरी पार्टी चलाउने बताउनु भयो । यसले पार्टीमा विग्रह निम्त्याउनसक्ने भन्दै त्यो अवस्था आउन नदिन समयमै विशेष महाधिवेशन गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘साथीहरुले लिएर आउनुभएको स्पिरिटलाई नजरअन्दाज गर्न मिल्दैन । यो निर्णय गर्ने तहमा लैजानुपर्छ । यो वा त्यो, गोलमटोल पारेर झुक्याउने र त्यसैगरी लिएर जाने प्रयास गर्नुहुने छैन । विशषे महाधिवेशन भनेर साथीहरुलै हस्ताक्षर गर्नुभएको छ । त्यो हस्ताक्षर संकलन गरेको कुरालाई नजरअन्दाज गर्ने, अपमान गर्ने र निस्तेज गराउने बाटोतर्फ लाग्नुहुने छैन । केन्द्रिय कमिटीलै नियमित महाधिवेशन नै गर्ने भनेर निर्णय ग¥यो भने त्यसमा पनि मान्न तयार हुनुहुन्छ । त्यो भएन भने हस्ताक्षर गरी दर्ता गर्न खोजिएको विशेष महाधिवेशन मंसिरमा गर्नुपर्छ । त्यो भएन भने त्यही विशेष महाधिवेशनलाई माग गरेर दर्ता भएको त्यही डकुमेण्टको आधारमा केन्द्रिय कार्यालयमा विशेष महाधिवेशन देशभरबाट साथीहरु जम्मा हुनुभयो, ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर बुझाउँदैछौँ । त्यसको मतलव नगर्ने हो भने त साथीहरु जम्मा हुनुहुन्छ, त्यहीँ आफ्नो अधिवेशन गर्नुहुन्छ, अधिवेशनले त्यहीँ नेतृत्व छान्ला, उहाँहरुले नै पार्टी कार्यालय चलाउनु हुन्छ । यो अवस्था बन्ने अवस्थाबाट जोगाउनुपर्छ । सहजतापूर्वक बाटो दिनु भएन भने त्यो अप्रिय बाटोमा पनि जानसक्ने अवस्था हुन्छ । पार्टीमा त्यसले विग्रह आउँछ, त्यो अवस्था आउन नदिन सबै लाग्नुपर्छ ।’

केन्द्रिय सदस्य शिवाकोटीले संविधान मिचेर नयाँ सरकार आएको बताउनु भयो । संविधानसम्मत रुपमा संसद विघटन नभएको पनि बताउनु भयो । यसबारेमा पार्टीको केन्द्रिय समिति बैठकमा छलफल भइ निष्कर्ष निकाल्ने बताउनु भयो । जेन—जी आन्दोलनले पार्टीको जीवनमा पनि नयाँ स्थिति पैदा गरेको बताउनु भयो । जेन जी आन्दोलनले पारेका प्रभावबारे काँग्रेसले बैठकमा छलफल गर्ने बताउनु भयो । कसरी पार्टी अघि बढ्ने ? पार्टीको पुनः संरचना र रुपान्तरणको कुरा कसरी अघि बढाउने भन्नेमा विशेष छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बीचमा सरकार परिवर्तन भएको छ । सरकार सँगसँगै संसद विघटन भएको छ । नयाँ सरकार आएको छ । संविधान मिचिएको कुरा पनि छ । संविधानसम्मत ढंगले सरकार नबनेको कुरा पनि छ । संविधानसम्मत यो संसद विघटन नभएको कुरा छ । यि सबै विषयमा पार्टीको केन्द्रिय समितिमा छलफल हुने नै छ । हाम्रो पार्टीको जीवनमा पनि जेन जी मुभमेण्टले प्रभाव पारेको छ । यससँग जोडिएर त्यसले दिएको सन्देशहरु कति नेपाली काँग्रेसले ग्रहण गर्ने र कसरी पार्टी अघि बढ्ने ? नेपाली काँग्रेसको बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गर्नुभएको छ । अब पार्टीको तर्फबाट गर्नुपर्ने कुराका सन्दर्भमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले माग गरी आएको विशेष महाधिवेशन छ । पार्टीको पुनः संरचना र रुपान्तरणको कुरालाई पनि यो केन्द्रिय समितिको बैठकले टुंगो लगाउनुपर्छ । केन्द्रिय समितिले यो वा त्यो बहानामा महाधिवेशन प्रतिनिधिहरुको भावनालाई सम्बोधन गर्नुपर्छ ।’

नेता शिवाकोटीले सरकार निर्वाचन गराउने बाटोमा नरहेको आरोप लगाउनु भयो । उहाँले सरकारले निर्वाचनको मिति घोषणा गरेको तर राजनीतिक दलहरुसँग संवाद नै नगरेको बताउनु भयो । उहाँले राजनीतिक दलहरु बिना निर्वाचन सम्भव नभएको जिकिर गर्नुभयो । आम नागरिकमा जानुपूर्व पार्टीलाई ठिक बनाउनुपर्ने र मात्रै प्रतिष्पर्धात्मक राजनीतिमा जान सकिने उल्लेख गर्नुभयो ।
 

उहाँले भन्नुभयो, ‘सरकारले घोषणा गरेको जुन निर्वाचन छ । यो निर्वाचन घोषण गरेपछि राजनीतिक दलहरुको सहभागिता बिना निर्वाचन सम्भव छैन । तर अहिले यो निर्वाचनका सन्दर्भमा पार्टी त्यो निर्वाचनतर्फ जाने की संसद पुनःस्थापना गर्नेतिर जाने भन्नेमा पार्टीमा फरक फरक दृष्टिकोण छन् । त्यसकारण यो केन्द्रिय समितिको बैठकले टुंगोमा पु¥याउनेछ । पब्लिकमा जानुअघि पार्टीको मेसिन ठिक हुनुपर्छ । पार्टी ठिक बनाएर बल्ल प्रतिष्पर्धात्मक राजनीतमिा जानुपर्छ भनेर पार्टीभित्रको राजनीतिक प्रतिष्पर्धामा जानेतर्फ केन्द्रित छौँ ।’

नेता शिवाकोटीले पदाधिकारी वा केन्द्रिय समितिका कसैले पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन रोक्ने काम नगर्न पनि चेतावनी दिनुभयो ।