१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

सुदूरपश्चिममा थप संक्रमित भेटिए, नेपालमै सरेको पहिलो केस पाइयो

सुदूरपश्चिममा थप संक्रमित भेटिए, नेपालमै सरेको पहिलो केस पाइयो
अ अ+ अ-

काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रका कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यो समाचारको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो ।

ती संक्रमितमध्ये एक जना स्थानीय हुन् भने दुई जना बाहिरबाट आएका हुन् । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् ।

आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।

नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको भने यो पहिलो पटक हो ।

यसरी नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण देखिएको छ । यसअघि विदेशबाट आएकामा मात्र संक्रमण देखिएकोमा यो पहिलो पटक नेपालीबाट नेपालीमा नै सरहेको केस भेटिएको हो ।