२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा झन् बढे कोरोना संक्रमित- नेपाललाई चूनौती



अ+ अ-

काठमाडौँ । भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । यहाँ अहिलेसम्म २ हजार ५४७ जनामा यसको सङ्क्रमण भेटिएका छन् । तर पछिल्लो समयमा यहाँ यसका संक्रमित थपिएका हुन् ।
प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ६२ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १६२ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् ।

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राख्दै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ मा २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गर्नुभएको थियो । भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको मोदी बताउनुभएको थियो ।

भारतीय प्रधानमन्त्री लकडाउनको घोषणा भएको हिजो नवौँ दिनमा जनतालाई सम्बोधन गर्नु हुदै कोरोना भाइरस ९कोभिड १९० विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो– ‘कोरोना भाइरस विरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन ।’

उहाँले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राख्नुभएको थियो ।
भारतको महाराष्ट्र, तामिल नाडु, केरला, नयाँ दिल्ली, आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, तेलाङ्गाना, चन्डीगढ, जम्मु र काश्मिर, लदाख, मिजोरम, आसाम र मणिपुरलगायतका राज्यहरुमा कोरोना भाइरस सङ्क्रमण पाइएको र कतिपय राज्यमा व्यक्तिहरुको ज्यान गएको छ ।

सरकारी स्रोतले दिएको पछिल्लो तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ६२ जनाको मृत्यु भएको छ ।