६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा फूलफूलखेती सिक्दै १४ जिल्लाका किसान



फाईल फोटो
अ+ अ-

मुस्ताङ। फूलफूलखेती गर्ने तरिका सिक्न १४ जिल्लाका किसान मुस्ताङ आएका छन् ।

यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले मङ्गलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’सम्बन्धी तीनदिने सिकाइ कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाका १८ किसान यहाँ आएका हुन् ।

घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र फलफूत तथा तरकारी उत्पादन तथा जिल्लाभित्र र बाहिरका किसानका लागि महत्त्वपूर्ण कृषि पाठशालाका रूपमा स्थापित हुँदै आएको छ ।

केन्द्रको आयोजनामा सहभागी किसानलाई कृषिसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन थालिएको हो । केन्द्रले बर्सेनि जिल्ला बाहिर र जिल्लाभित्रका किसानको प्रतिनिधित्व रहनेगरी यसप्रकारको फूलफूल तथा नर्सरी व्यवस्थापनसम्बन्धी अभ्यास तालिम सञ्चालन गर्ने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।

यस वर्ष पनि पूर्वको सङ्खुवासभादेखि सुदूरपश्चिमको दार्चुलासम्मका किसान सहभागी छन् । म्याग्दीबाट तीन, बाग्लुङबाट दुई, सल्यानबाट दुई र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, नुवाकोट, उदयपुर, रुकुमपश्चिम, गोरखा, सङ्खुवासभा र रसुवाका एक एक किसान तालिममा सहभागी छन् ।

केन्द्रमा भएका कृषि प्रविधिको हस्तान्तरणका साथै जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक चिनारी पस्किँदै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने केन्द्रको लक्ष्य रहेको प्रमुख आत्रेयले बताउनुभयो ।

गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापनसम्बन्धी सिकाइ तालिम र प्रसारणका विविधिकरणका बारेमा सहभागीलाई जानकारी गराइनेछ । साथै किसानलाई केन्द्रमा अवस्थित विभिन्न फलफूल तथा तरकारी बगैँचा ब्लकको अवलोकन गराइने छ ।