४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

पूर्णबहादुरलाई कार्यवाहक : पूर्ण कि अपूर्ण ?

पूर्णबहादुरलाई कार्यवाहक : पूर्ण कि अपूर्ण ?
फाईल फोटो
अ+ अ-

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक ३४ दिनपछि आज सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापति सो पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । पूर्णबहादुर शेरबहादुर देउवा कित्ताका पुरानै नेता हुन् ।

यो अपेक्षित नै थियो कि उनी खड्कालाई नै कार्यबाहक दिने तयारीमा थिए । किनभने पार्टीको नेतृत्व हस्तान्तरणको आवाज उठाउँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्ना पार्टी सभापति देउवामाथि भएको सांघातिक हमलापछि सार्वजनिक रुपमा कुनै पनि दुःख मनाउ गरेका थिएनन् ।

यसबीचमा उनीहरुले अनेक थरि भिडियो बनाए, फेसबुकमा पोष्ट गरे र जेनजीको माग अनुसार नै पार्टी रुपान्तरणको अभियान आफूहरुले सुरु गर्ने बताए ।

तर पनि आफ्नै बहालवाला पार्टी सभापतिमाथि रक्ताम्मे हुनेगरी गरेको कुटपिटका भिडियोहरु भाइरल हुँदा पनि महामन्त्रीजस्तो पार्टीको कार्यकारी पदमा रहेका व्यक्तिले दुवै जनाले सल्लाह नै गरेजस्तो गरी कुनै पनि विरोध नगरेको भन्दै देउवाले पार्टीकै कतिपय पदाधिकारीहरुसँथ चित्त दुखाएका थिए ।

उनी यसकारण पनि यी दुईले अघि सारेको विशेष महाधिवेशन गराउने पक्षमा थिएनन् । अहिलेलाई कार्यबाहक दिने र नियमित महाधिवेशनमै जाने उनको मनस्थिति थियो ।

भदौ २४ को आफूमाथिको हमलापछि बरु कांग्रेस नेता डा शेखर कोइरालाले देउवाप्रति निकै सदासयता देखाएका थिए । उनले सार्वजनिक रुपमा नै सो हमलाको निन्दा गरेका थिए । समयम समयमा फोन गरेर सभापतिको स्वास्थ्य लाभको कामना गरेका पनि थिए ।

तर उनलाई कार्यबाहक दिन भने विधानले नमिलेको बताउँछन् कांग्रेस नेताहरु । यस विषयमा पनि चर्चा भएको तर कार्यबाहक चाहिँ उपसभापतिलाई नै दिनुपर्ने पार्टी विधान रहेको उनी निकटका एकजना नेता स्मरण गराउँछन् ।

यसकारण आज केन्द्रीय समितिको बैठकलगत्तै देउवाले उपसभापति खड्कालाई कार्यबाहक दिएका छन् । तर त्यो कार्यबाहक कहिलेसम्म हो भन्ने कुरा खुलेको पनि छैन ।

मिडियामा आएअनुसार सभापति देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदैछन् । यदि त्यसो हो भने आफू नेपालमा नहुञ्जेलका लागि कार्यबाहक दिएका हुन् त देउवाले ? कि अर्काे महाधिवेशन नुहञ्जेललाई नै दिएका हुन् ? यो स्पष्ट भएको छैन ।

तर महामन्त्री थापाले भने अब देउवा पार्टी सभापतिमा नफर्कने जनाउ दिएका छन् । उनले यो नै सभापतिका हैसियतमा देउवाको अन्तिम सम्बोधन रहेको बताए ।

यसलाई पनि कतिपयले महामन्त्री थापाले निकै हतार गरेको बताएका छन् । थापाले अहिले नै र आजै त्यसो भन्न नहुने कतिपयले बताएकाछन् भने कतिले देउवालाई सभापतिबाट विदाई गर्न थापाले गरेको हतारका रुपमा पनि व्यख्या गरेका छन् ।

यसैलाई कांग्रेस भित्रै र बाहिर पनि उनले आज पूर्णबहादुरलाई दिएको कार्यबाहक पूर्ण हो कि अपूर्ण भनी टिप्पणी गरिरेहका छन् ।