१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

गालाको ट्युमरको सफल शल्यक्रियापछि निको भई घर फर्के अलिम

गालाको ट्युमरको सफल शल्यक्रियापछि निको भई घर फर्के अलिम
अ अ+ अ-

बलराम प्यासी, ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा गालाको ट्युमरको जटिल तर सफल शल्यक्रियापछि निको भई दोस्रो जीवन पाएर महोत्तरीका ४० वर्षिय अलिम कवाडी शुक्रबार घर फर्किएका छन् । अस्पतालमा भर्ना भएको ३३ दिन र शल्यक्रियाको ठीक एक महिनापछि उनी निको भएर घर फर्किएका हुन ।

हड्डीबाट लाग्ने ‘लो ग्रेडको ओस्टेओ सार्काेमा’ भएर गालामा ५ किलो २०० ग्रामको मासु पलाएपछि उनको दाँहिने गालाको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको थियो । ट्युमर काटेर झिकेको भागमा तिघ्राको मासु काटेर जोडेर प्लाष्टिक सर्जरी गरिएको छ । उनकी गर्भवती पत्निले केहीदिन अघि छोरी जन्माएको खवर सुनेपछि अस्पतालले उनलाई महोत्तरी घरसम्म जान एउटा एम्वुलेन्सको व्यवस्था गरिदिएको थियो ।

‘हामीले १८ हजार रुपैयाँ तिरेर एउटा एम्वुलेन्सको व्यवस्था गरिदिनुका साथै घरसम्म जान र लकडाउन खुलेपछि फेरी उपचारको लागि फलोअपमा आउन थप १० हजार रुपैयाँ व्यवस्था गरिदिएका थियौं’-नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठले भनीन् ।

‘शल्यक्रिया गरिएको गाला निको भएपछि उनलाई अस्पतालमै राख्नुभन्दा भर्खरै जन्मिएकी छोरी र पत्निसंग खुसी वाँड्दा उनी स्वस्थ र खुसी हुन्छन’—निर्देशक श्रेष्ठले भनीन् ।
उनी फलोअपमा आएपछि बाँकी उपचार सो अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले गर्ने जनाइएको छ ।

विपन्न विरामीको लागि सरकारले दिने एकलाख रुपैयाँ बाहेक उनको उपचारमा लाग्ने सबै खर्च अस्पतालले वेहोरेको थियो भने औषधि लगायतका अरु खर्च सहयोगी दाताहरुबाट संकलन गरिएको थियो ।

गत फागुन २१ गते बुधबार त्रिविवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण हुँदै गर्दा नेपाल क्यान्सर हस्पिटलमा विपन्न कवाडीको दायाँ गालामा पलाएको ५ किलो २०० ग्राम तौलको ट्युमर भएको भाग काटेर निकालिएको थियो ।

क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठको सहयोगमा सो अस्पतालको नाक, कान, घाँटी क्यान्सर विभागका प्रमुख डा.प्रभातचन्द्र ठाकुरको नेतृत्वमा सो विभागका अर्का चिकित्सक प्रवीण जयसवालसहितको चिकित्सक टोलीले उक्त जटिल शल्यक्रिया गरेको थियो ।

चिकित्सक टोलीले ३ घण्टा लगाएर ट्युमर भएको भाग काटेर झिकेको थियो भने वरिष्ठ प्लाष्टिक सर्जन डा.सुरेन्द्र बस्नेत र डा.कृष्ण नगरकोटी सहितको टोलीले ट्युमर काटेर झिकेको भागमा तिघ्राको मासु काटेर जोडेर प्लाष्टिक सर्जरी गरेको थियो । यसअघि एनेस्थेसियन डा.आभा प्रसाई, डा.दिपक अधिकारी र डा.सुनिता मलेकुले एनेस्थेसियाको पाटो सम्हालेका थिए ।
‘झण्डै २० इन्च लम्वाई, एक फिट चौडाई र ५ किलो २०० ग्रामको ट्युमर भएको गालाको मासु काटेर फ्याँकी त्यसमा प्लाष्टिक सर्जरी गर्ने काम सहज थिएन’—कवाडीको जटिल शल्यक्रियाको नेतृत्व गरेका वरिष्ठ सर्जन डा.ठाकुरले बताएका थिए ।

‘अरु अस्पतालले आँट नगरेको शल्यक्रिया र प्लाष्टिक सर्जरी हामीले सफलतापूर्वक सम्पन्न गर्यौं’—डा.ठाकुरले भने । अलिम पुर्णरुपमा स्वस्थ भईसकेका छन । अब साधारण उपचार मात्रै गर्नुपर्ने र उनले चाहेमा गालामा थपिएको एउटा नक्कली आँखा राख्न सकिन्छ ।

उपचार खर्चकै अभावमा विगत ५ वर्षदेखि गालामा पलाएको ट्युमरको शल्यक्रिया गर्न नपाएर कवाडी जीवन मरणको दोसाँधमा रहेका कवाडीको उपचारको लागि उपचारको लागि सहयोगी हातहरुको पहलमा सहयोगी चन्दादाताहरुले आर्थिक सहयोग गरेर उनको जीवन बचाउन सहयोग गरेका थिए ।

विरामी कवाडीको गालाको सफल शल्यक्रियापछि क्यान्सर अस्पतालले गत फागुन २७ गते पत्रकार सम्मेलनको आयोजना गरि अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले नेपालमै सबैप्रकारका क्यान्सरको उपचार हुने भएतापनि पनि विपन्न क्यान्सर रोगीले उपचारको लागि हात फैलाउनुपर्ने वाध्यताको अन्त्य हुनुपर्ने बताएका थिए ।