२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाको र्‍यापिड टेस्टिङ गरिने



अ+ अ-


काठमाडौँ । नेपाल सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाभाइरसको परीक्षण र्‍यापिड टेस्टिङ किटबाट गरिने निर्णय गरेको छ । यस्तो किट प्रयोग गरेर परीक्षण गर्ने निर्णय भएको जनाइएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले यी तीन जिल्लामा परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले यी जिल्ला देखिएको संक्रमण अरूमा नफैलियोस् भनेर सरकारले परीक्षणको गति बढाउन खोजेको बताए।

र्‍यापिड टेस्टिङ किटबाट परीक्षण गर्दा पोजेटिभ आएका नतिजालाई फेरि ुक्रसचेकुका लागि पिसिआर जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइने पनि उनले जानकारी दिए।

सरकारले गत साता चीनबाट अरू स्वास्थ्य सामग्री ल्याउँदा र्‍यापिड टेस्टिङ किट पनि ल्याएको छ। यो किटले परीक्षणको नतिजा १५ मिनेटमै दिन सक्छ। तर विश्व स्वास्थ्य संगठनले यो किटलाई मान्यता दिएको छैन।

स्वास्थय क्षेत्रका विज्ञहरूले पनि यस्ता किटले दिने नतिजा धेरै नमिल्ने गरेको भन्दै यसको प्रयोग गर्न निरुत्साहित गरिरहेका छन्। सरकारले भने यो चीन सरकारले प्रमाणित गरेको कम्पनीबाट ल्याइएको जनाएको छ।