१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

लकडाउनका बेला भोकै रहेका परिवारलाई कोठा कोठमा खाद्यान्न पुर्याउदै मन्त्री मानन्धर

लकडाउनका बेला भोकै रहेका परिवारलाई कोठा कोठमा खाद्यान्न पुर्याउदै मन्त्री मानन्धर
अ अ+ अ-

काठमाण्डौ । लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं भन्ने घोषणालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कार्यान्वयनमा तीब्रता दिएका छन् । आर्थिक अभाबामा खाद्यान्न खरिद गर्न नसकेर एक परिवार समस्यामा छ भन्ने थाहापाए पछि मन्त्री मानन्धरको मोबाइलमा स्थानीयले घण्टी बजाउने काम गरेका थिए ।

केही दिन अघि काठमाण्डौमा कोही समस्यामा पर्नु भयो भने फोन गर्नुस भनेर मन्त्रीले आफ्नो नम्वर सार्वजनिक गरेका थिए । उक्त नम्वरमा फोन भएको सवा घण्टा पछि खाद्यान्न अभाव भएर बसेका एक परिवारलाई सहयोग सामाग्री बोकेर मन्त्री मानन्धर टुप्लुक्क पुगेका थिए । मन्त्रीले पर्सा जिल्ला घरभइ काठमाण्डौ चन्द्रागिरि नगरपालिका -१३ मा डेरा गरि बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

दुई दिन देखि खाद्यान्न नभएर भोकै रहेका परिवारलाई स्थानीयको पहलमा मन्त्री मानन्धरलाई खवर भएपछि मन्त्री स्वयं खाद्यान्न लिएर पुगेका हुन् । मन्त्री मानन्धरले खाद्यान्न हस्तान्तरण गर्दा हुसेनको परिवार निक्कै भावुक बनेको थियो । कामगरेको ठाउँमा साहुले निकालि दिएपछि खाने खर्च पनि नभएको गुनासो हुसेनले मन्त्रीलाई सुनाएका थिए । मन्त्री रासन लिएर डेरामा आइपुग्दा अल्लाह आएजस्तो भएको हुसेनले भावुक हुँदै सुनाए ।राहत लिएर मन्त्री स्वयंको आगमन भएपछि स्थानीयको प्रतिकृया थियो मानन्धर जस्तै मन्त्री हुने हो भने देश विकासको दुरी टाढा छैन।

लकडाउनको समयमा अप्ठ्यारोमा परेका परिवारलाई मन्त्री मानन्धरले आफ्नै पहलमा सहयोग गर्दै आइरहेका छन् । यस अघिपनि एक बिरामी परिवारको गाडी पठाएर उद्दार गरेका थिए भने उनको सचिवालय अप्ठ्यारोमा परेको नागिरकलाई सहयोग गर्न तदारुक्ताका साथ लागिरहेको छ ।हुसेनको परिवार जस्तै लकडाउनका कारण विभिन्न ठाउँमा नागरिक हरु समस्यामा परेका छन् । मन्त्री मानन्धरले जस्तै अन्य जनप्रतिनिधिहरुले पनि यसैगरि सहयोग गर्ने हो भने ती नागरिकले सरकार भएको अनुभूति गर्न पाउने छन् ।