१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको सम्बोधन: पार्टीमा हमेसा एकै जना सभापति रहिरहँदैन ,१५औं महाधिवेशनबाट विदा लिन्छु -पूर्णपाठ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ ।

जेन—जी आन्दोलनपछि पहिलो पटक मंगलवार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औंल्याउनुभएको हो ।

सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बताउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ । तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था  बन्छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’

सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि बताउनु भयो ।

शेर बहादुर देउवा speech media copy