काठमाडौं । सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेसगै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।
कार्यसमितिको बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
यस्तै, सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आगामी बैठकको अध्यक्षता उपसभापति खड्काले गर्ने छन् ।
गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि सभापति देउवा आज पहिलोपटक सार्वजनिक भएका हुन् ।










