५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

दलहरुले जेन–जी पुस्तासँग समेत संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ: काँग्रेस नेता भण्डारी

दलहरुले जेन–जी पुस्तासँग समेत संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ: काँग्रेस नेता भण्डारी
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

मंगवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताउनु भयो ।

उहाँले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रिय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताउनु भयो । उहाँकाअनुसार बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने विषयमा समेत निर्णय गर्नेछ । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको इतिहासले के भन्छ भने पहिले हामीले मुलुकको बारेमा सोच्नुपर्छ । त्यसपछि हामीले ल्याएको डेमोक्रेसीको बारेमा सोच्नुप¥यो, यो देशका जनताका बारेमा सोच्नुप¥यो । त्यसपछि यी तीनवटै कुरालाई व्यवस्थापन गरेर पार्टीलाई अगाडि बढाउने बारेमा सोच्नुप¥यो । पार्टीलाई कस्तो बनाउँदा अहिलेको विषम परिस्थितिलाई हाँक्न सकिन्छ भन्नको लागि अहिले हामी केन्द्रिय समितिको बैठक शुरु गर्छौं । बैठकले निरन्तर महाधिवेशन वा विशेष महाधिवेशनको बारेमा टुंगो लाउँछौं । अहिले नागरिक अधिकार अस्तव्यस्त भएको छ । संविधानको विचल्ली छ । त्यसका लागि संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत गर्नुपर्छ । नेपाली काँग्रेस अरु पार्टी जस्तो होइन नि स्वयं सभापतिज्युले नै अब मैले छोड्छु भनिसक्नुभएको छ नि । स्वाभावैले समयअनुसार नेतृत्व परिवर्तन भइहाल्छ नि ।’

नेपाली काँग्रेसले अन्य राजनीतिक दलहरु र जेन—जी पुस्ताहरुसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले  समानुपातिक सांसदहरुलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरुरी रहेको बताउनु भयो ।