१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

मैले अहिले नै मध्यावधि निर्वाचन भनेको छैन-भ्रमको पछि नलाग्नु-डा.महत

मैले अहिले नै मध्यावधि निर्वाचन भनेको छैन-भ्रमको पछि नलाग्नु-डा.महत
अ अ+ अ-

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आफूले एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा आफूले मध्यावधि निर्वाचनको कुरा नगरेको स्पष्ट गरेका छन् । उनले आफूले अर्कै प्रसंगमा गरेको कुराकानीलाई मध्यावधि निर्वाचनको माग गरेको भनी यसैलाई शीर्षकमा राखेर समाचार बनाएर गरिएको प्रचारप्रति आपत्ति पनि प्रकट गरेका छन् ।

सहमहामन्त्री डा.महतले आज एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको खण्डन गर्दै भनेका छन्-‘हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ।’
उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामाभन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो तर पनि यो बेप्रसंगको कुरा ल्याएर आफ्नो बदनाम गर्ने प्रयास गरिएको भन्दै यस्तो भ्रमका पछि नलाग्न सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह पनि गरेका छन् ।
डा.महतको प्रेस विज्ञप्तिको पूर्ण पाठ यस्तो छ:

भ्रमपूर्ण समाचारप्रति मेरो गम्भीर आपत्ति
हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ । उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो । अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई वंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।
अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने हो । र, चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने नै हो । यसका लागि हाम्रो पार्टी पंक्ति पूर्ण रुपमा क्रियाशील छ । तसर्थ, म सबैमा उक्त अनलाइनको हेडलाइनको भ्रममा नपरी पूरै अन्तर्वार्ता सुनी त्यसका आधारमा दृष्टिाकोण बनाउन पनि अनुरोध गदर्छु । अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु । साथै, यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गदर्छु । धन्यवाद । जय नेपाल

डा.प्रकाशशरण महत
सहमहामन्त्री
नेपाली काँग्रेस