१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

कोरोनाको कहर किसानमा : दानाको अभाव, दूध उत्पादन घट्यो

कोरोनाको कहर किसानमा : दानाको अभाव, दूध उत्पादन घट्यो
अ अ+ अ-

रामपुर । पाल्पा, माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्नुहुन्थ्यो । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उहाँलाई अहिले भने दानाको अभावले अप्ठेरोमा पारेको छ । उहाँले गाईको दाना नपाएको धेरै दिन भयो । घाँसपातले मात्र नपुग्ने भएपछि दूध उत्पादन घटेको छ । त्यसैले भट्टराइ यतिखेर चिन्तामा हुनुहुन्छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को नेपालमा सम्भावित सङ्क्रमण रोक्न सरकारले देशैभर लकडाउनको घोषणा गरेपछि यतिखेर शहरबजार मात्र होइन ग्रामीण क्षेत्रका किसान पनि नराम्ररी प्रभावित भएका छन् । कतै दूधले बजार नपाउँदा सडकमा दूध पोखेका त कतै अन्य कृषिजन्य उत्पादनले बजार नपाएका समाचार आइरहेका छन् । पाल्पाका किसानको समस्या पनि यस्तै छ । यहाँका धेरै किसानलाई अहिले पशुलाई दाना नपाइने समस्याले सताएको छ ।

लकडाउनसँगै गाईभैँसीलाई आवश्यक पर्ने पराल तथा दाना आपूर्ति हुन नसक्दा अब के खुवाउने भन्ने चिन्ता एकातिर छ भने अर्कातर्फ आवश्यकताअनुसारको दाना खुवाउन नपाएकोले दूध उत्पादन पनि ह्वात्तै घटेको छ । “सरकारले एक्कासी लकडाउनको घोषणा गरेपछि दानाको बन्दोबस्त गर्नै पाइएन, गाईलपाई दाना जति खुवाउन सक्यो उति धेरै दूध आउने हो, अहिले त दाना खुवाउनै नपाउँदा दिनदिनै दूध घट्दै गएको छ ।” उहाँले दुःखेसो गर्नुभयो ।

भट्टराईले बजारमा दैनिक एक सय लिटर दूध बिक्री गर्दै आइरहेकोमा लकडाउनपछि हाल ७० देखि ७५ लिटर मात्र दूध उत्पादन हुने गरेको बताउनुहुन्छ । दानाको अभाव भएपछि भकारीमा राखेको धान झिकेर कुटेको र गाईलाई चामलको पीठो खुवाउनु परेको उहाँले सुनाउनुभयो । “गाईलाई खुवाउने दाना जति सबै सकियो, लकडाउनको समय अझै थपिँदै गएको छ, गाडी चलेका छैनन्, ल्याउने अन्य माध्यम पनि छैन,” उहाँले थप्नुभयो, “गाईले दूध घटाउँदै जान थालेपछि अहिले दानाको विकल्पमा चामल तथा पीठो खुवाउने गरेको छु ।”

लकडाउनका कारण कृषक समस्यामा परेको बताउँदै उहाँले सरकारले दानापानी कृषकको घरदैलोसम्म लैजाने व्यवस्था गरिदिन सरकारसँग आग्रह पनि गर्नुभयो । आँफुले सात वर्ष अघिदेखि गाई पाल्न थालेको बताउने उहाँको यस्तो समस्या पहिलोपटक भोगेको अनुभव छ ।

उहाँको फार्ममा हाल ११ गाई छन्, तीमध्ये दुहुना नौवटा छन् । दानाको अभावमा दैनिकजसो २५ देखि ३० लिटर दूध उत्पादन घटेपछि उहाँ चिन्तित हुनुहुन्छ । रुप्से क्षेत्रमा मात्र झण्डै २२ जना दूध उत्पादक कृषकले यस्तो समस्या भोग्दै आएका छन् । पशु चौपायालाई पर्याप्त दाना खुवाउन नपाउँदा उत्पादन घटेकोमा कृषकले गुनासो गरेका छन् । गाउँमै बसेर केही व्यवसाय गरौँ भनेर पशुपालनमा लागेका कृषक यतिखेर भने लकडाउनको मारमा परेका छन् ।

रामपुर नगरपालिका–६ का अगुवा कृषक कृष्णकुमार अर्याल पनि दूध उत्पादन कम हुदै गएकोमा चिन्तित हुनुहुन्छ । उहाँको फार्ममा हाल उन्नत जातका ३० भैँसी छन् । उहाँले पनि दैनिक करिव १ सय लिटर दूध लिने गरेकोमा हाल लकडाउनको समयमा दानाको अभाव सिर्जना हुन थालेपछि घटेर ८० लिटरमा पुगेको बताउनुहुन्छ । “धेरै पशु भएपछि थोरै दानाले निर्वाह गर्छु भनेर पनि हुने रहेनछ, दैनिकजसो दुई÷तीन बोरा जति दाना चाहिएकै हुन्छ,” उहाँले भन्नुभयो, “बाहिरबाट ढुवानी गरेर दाना ल्याउन पाइएको छैन यसरी दाना खुवाउन नपाएपछि दिनानुदिन दूध घट्दै छ ।”

घाँसपातले मात्र दूध उत्पादन बृद्धि नहुने हँुदा पशुको लागि दाना नभई नहुने भएकाले लकडाउनसँगै देखिएको दाना अभावको समस्या क गरौँ भनेर सोच्नै नसकेको अर्यालले बताउनुभयो । रामपुर नगरपालिका–४ सदावर्त बस्ने विनोद श्रेष्ठले लकडाउन लम्बिन थालेपछि आफुसँग थोरै मौज्दात रहेको दाना पनि खुवाउन कमगर्दै गएको बताउनुहुन्छ । उहाँले दूध उत्पादनलाई नै आम्दानी बनाएर एक वर्षअघि गाई तथा भँैसीपालन व्यवसाय थालनी गर्नुभएको हो ।

दूधालु पशुलाई प्रशस्त दानापानी खुवाउन नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आउन थालेको उहाँ गुनासो गर्नुहुन्छ । “ठुलो लगानीमा पशुपालन व्यवसाय थालनी गरियो, बाहिरबाट ल्याइएका उन्नत जातका पशुलाई स्थानीय पशुलाई जस्तो सामान्य दाना दिएर टार्छु भनेर पनि नहुदो रहेछ, एक छाक दाना तलमाथि गरियो भने स्वाट्टै दूध घटाइहाल्ने रहेछ” श्रेष्ठले भन्नुभयो ।

विपद्को यस्तो बेलामा त स्थानीय सरकार तथा राज्यका निकायले दानापानी, चोकर आदि गोठगोठसम्म लैजाने प्रबन्ध गरिदिनुपर्ने कृषकको माग छ । दूध बेचेर केही गर्छु भन्ने सोँच राखेर व्यवसाय गरेका कृषक लकडाउनले गर्दा व्यवसाय नै चौपट हुने अवस्थामा आएकोमा चिन्तित छन् । रामपुर नगरपालिका क्षेत्रमा मात्रै सात वटा दुग्ध डेरी सञ्चालनमा छन् । यहाँ दैनिक कम्तीमा पनि एक हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको थियो । तर अहिले त्यति दूध छैन, घटेर दैनिक एक हजारमा सीमित भएको छ । अहिले यहाँ दैनिक १ हजार मात्र दूध सङ्कलन भइरहेको छ ।

बेझाड बजारको अमृत दुग्ध भण्डारमा दैनिक ३०० पचास लिटर दूध सङ्कलन हुने गथ्र्यो । हाल यहाँ दुईको हाराहारीमा मात्र मात्र सङ्कलन हुन्छ । लकडाउन सुरु भएपछि कृषकबाट दूध कम आउन थालेको डेरी सञ्चालक गणेश आचार्यले बताउनुभयो । “पहिलाको अनुपातमा कृषकबाट १ सय लिटर दूध कम आएको छ,” उहाँले भन्नुभयो, “दूध कम किन भयो भनेर सोध्दा कृषकहरूले दाना, चोकर खुवाउन पाइएको छैन भन्नुहुन्छ ।”

पशुले दूध कम दिन थालेपछि बिहान साँझ दुई पटक डेरी पसलमा दूध बिक्रीगर्ने कृषकले एक समय मात्र बिक्री गर्न थालेकका छन् । रामपुरमा गाईको दूध खरिदमुल्य प्रतिलिटर ५२ देखि ६० रुपैयाँ छ भने भैँसीको प्रतिलिटर ६५ देखि ७५ रुपैयाँ छ । बिक्री मुल्य गाईको रु ७५, भैँसीको रु ८५ रहेको दुग्ध डेरी व्यवसायीहरु बताउँछन् । कृषकबाट दूध कम आउन थालेपछि छुर्पीको उत्पादन भने बन्द नै गरिएको छ । दूध नै कम भएपछि छुर्पी उत्पादन बन्द भएको उनीहरुको भनाई छ ।

पाल्पा जिल्लामा दैनिक छ हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ ठूलो मात्रामा दूध उत्पादन गर्ने संस्था डुम्रे दुग्ध उत्पादक सहकारी तिनाउ र चिनारी दुग्ध उत्पादक सहकारी तानसेन हुन् । डुम्रे दुग्ध उत्पादक सहकारीले मात्र दैनिक तीन हजार लिटर र चिनारी दुग्ध उत्पादक सहकारीले ६०० लिटर दूध उत्पादन गरी सदरमुकाम तानसेन, पोखरा बजारमा बिक्री गर्दै आइरहेका छन् ।

पशु आहार दाना चोकरको अभाव हुदा जिल्लामा करिव दुई हजार लिटर दूध उत्पादन घटिसकेको र यो घट्ने क्रम अझै जारी रहनसकने जिल्ला भेटेरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाका प्रमुख डा।चन्द्रबहादुर राना बताउनुहुन्छ । पाल्पा दूधमा आत्मनिर्भर जिल्ला हो र यहाँ दूध र दुग्धजन्य उत्पादन राम्रै भइरहेकामा अहिले भने यो लकडाउनले गर्दा दूध उत्पादन घट्दा किसानलाई मर्का परेको डा।रानाले बताउनुभयो ।

सदरमुकाम तानसेनमा एक हजार पाँच सय लिटर दूध खरिद गर्ने डेरीले अहिले दैनिक ५०० लिटर मात्र दूध कृषकबाट आउने गरेकोले त्यसैमा सीमित हुनुपरेको पनि उहाँले जानकारी दिनुभयो । ठूला कृषकले दूध डेरी पसलमा ल्याउने गरेका छन् । साना कृषकले दूध घटेपछि बजार लैजानै छाडेका छन् । जिल्लामा करिव ४०० को हाराहारीमा दूध उत्पादक कृषक छन् ।