१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

क्वारेन्टाइनमा बस्न मान्दैनन्

क्वारेन्टाइनमा बस्न मान्दैनन्
अ अ+ अ-

हुम्ला । हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् ।

सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । सर्केगाडले केही दिन अगाडिदेखि महिनाको रु ३० हजार तिर्ने गरेर एक घरनै भाडामा लगेर १६ शय्याको क्वारेनटाइन बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताउनुभयो । भारतबाट मजदूरी गरेर फिर्ता भएकाहरु कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताउनुभयो ।

ताजाँकोट गाउँपालिकाले वडा नम्बर ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नम्बर ३ को नाउलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताउनुभयो । जिल्लामा १४१ क्वारेन्टाइनमध्ये ५० सिमकोटमा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्ती मगरका अनुसार जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरु आआफ्नै घरमा बस्दै आएका कारण सातवटै गाउँपालिकामा तयार गरिएका क्वारेनटाइन खाली छन् ।

जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहर र भारतबाट हुम्ला फर्किएका ८६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा तयार भएका क्वारेनटाइन प्रयोगमा आएका छन भने अन्य पालिकामा रहेका क्वारेनटाइन खाली छन् ।

जिल्ला बाहिरबाट आएकाहरू गाउँमा तयार पारिएको क्वारेन्टाइनमा बस्न नमान्दा अधिकांश क्वारेन्टाइनस्थल रित्तै छन् । सिमकोटमा निर्माण गरिएका ५० शय्याको क्वारेन्टाइनमा हालसम्म ३० तथा तल्लो बजारमा रहेको जिल्ला अस्पताल नजीक चर्चमा नौ जना बसेका छन् । तीन गाउँपालिकामा अहिलेसम्म ७२ जनालाई क्वारेनटइनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई गाउँपालिका स्वास्थ्य सामग्री खरीद गर्दै कोरोना संक्रमणविरूद्धको लडाइँका लागि सिमकोट र खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य उपकरण र औषधि खरीद गर्न लागेका छन् । सिमकोटले रु १० लाख मूल्य बराबरको स्वास्थ्य उपकरण र औषधि खरीद गरिसकेको छ ।

सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा रहेका व्यक्तिलाई जाँच गर्न तथा कोरोनाविरुद्ध खटिएका पालिकाका स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्नाका लागि आवश्यक उपकरण र चाहिने औषधि खरीद गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।

पालिकाले ३० थान पिपिई, १६ थान थर्मोगन, दुई हजार पाँच सय थान सर्जिकल मास्क, एक हजार थान सर्जिकल ग्लोब्स, साठी पोका लुज ग्लोभ्स, एक सय थान एन नाइन्टिन मास्क र २५० थान सेनिटाइजरसहित अन्य आवश्यक औषधि खरीद गरेको सिमकोटका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो ।

यस्तै खार्पुनाथ गाउँपालिकाले पनि कोरोना संक्रमणका लागि जाँच गर्ने आवश्यक उपकरण् आफैँ खरीद गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनुभयो ।